५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ « Khabarhub

५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा–१० घर भएका सामुदायिक वन उपभोक्ता समिति उदासीपुरका अध्यक्ष बिर्ख धामी छन् ।

उनले घरायसी झगडालाई उग्र बनाइ इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दुःख हैरानी दिएर सर्वसाधारणबाट घुस लिएका अख्तियारले जनाएको छ ।

विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई बिहीबार घुस रकमसहित बडैपुरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका धामीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १२ : ५० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु