रोल्पा बम बिस्फोटको गहिरो अनुसन्धान गरि कारबाही गर्न कांग्रेसको माग « Khabarhub

रोल्पा बम बिस्फोटको गहिरो अनुसन्धान गरि कारबाही गर्न कांग्रेसको माग


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोल्पा बम बिस्फोटमा परेर ४ अबोध बालबालिकाले ज्यान गुमाएको प्रति दु ख व्यक्त गर्दै घटनाको अनुसन्धान गर्न माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै घटनाले नेपाली कांग्रेससँगै सिंगो देश मर्माहत भएको बताएका छन् ।

‘द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बांकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ,’ विज्ञप्तिमा भनिएको छ नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ । जहाँ कहिँपनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।’

यस्तो छ विज्ञप्ति
वैशाख १९, २०७७

रोल्पा घटनाको गहिरो अनुसन्धान, कार्वाही
र बेवारिसे बमको खोजी गम्भीर रुपले गर्न माग !

रोल्पाको त्रीवेणी गाउँपालिकामा बम बिस्फोटमा परेर ४ अबोध बालबालिका (११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगी) को मृत्यु भएको घटनाले नेपाली कांग्रेस संगै सिंगो देश मर्माहत भएको छ । द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बांकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदय देखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ ।

एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा होइन । त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक छ ।

नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ । जहाँ कहिँपनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।

बिस्फोटमा जीवन गुमाउने कलिला बालबालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो कारुणिक पिडाका घडिमा सम्बन्धित परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना व्यक्त गर्दछ ।

विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १ : १३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु