अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी « Khabarhub

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरो मा उजुरी दर्ता गरेका छन्।

अध्यक्ष साम्पाङका अनुसार ‘सुनिता खड्का’ नामको टिकटक आइडीबाट आफू र आफ्नो परिवारलाई लक्षित गरी ज्यान मार्ने तथा घरमा आगजनी गर्ने धम्की दिइएको छ। साथै फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएको र समाजमा भ्रम फैलाउने काम भएको उहाँले उल्लेख गरेका छन्।

‘म लगायत मेरो घरपरिवारलाई ज्यान मार्ने धम्की दिएको, घर जलाउने धम्की दिई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरी गालीगलौज गर्दै समाजमा भ्रम फैलाएको हुँदा प्रचलित कानून बमोजिम हदैसम्मको कारवाही गरिपाऊँ,’ अध्यक्ष साम्पाङले उजुरीमा उल्लेख गरेका छन् ।

उजुरीका आधारमा साइबर ब्युरोले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ५ : ३८ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री