अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी « Khabarhub

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरो मा उजुरी दर्ता गरेका छन्।

अध्यक्ष साम्पाङका अनुसार ‘सुनिता खड्का’ नामको टिकटक आइडीबाट आफू र आफ्नो परिवारलाई लक्षित गरी ज्यान मार्ने तथा घरमा आगजनी गर्ने धम्की दिइएको छ। साथै फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएको र समाजमा भ्रम फैलाउने काम भएको उहाँले उल्लेख गरेका छन्।

‘म लगायत मेरो घरपरिवारलाई ज्यान मार्ने धम्की दिएको, घर जलाउने धम्की दिई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरी गालीगलौज गर्दै समाजमा भ्रम फैलाएको हुँदा प्रचलित कानून बमोजिम हदैसम्मको कारवाही गरिपाऊँ,’ अध्यक्ष साम्पाङले उजुरीमा उल्लेख गरेका छन् ।

उजुरीका आधारमा साइबर ब्युरोले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ५ : ३८ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका