प्रधानमन्त्री ओलीलाई गगन थापाको जवाफ– जो चोर उसकै ठूलो स्वर ! | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई गगन थापाको जवाफ– जो चोर उसकै ठूलो स्वर !


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोही नतर्सिने बताएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा मन्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई धम्की दिएकोप्रति कांग्रेस नेता थापाले त्यस्तो धम्कीबाट कोही नतर्सिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार मजदुर दिवसको अवसरमा आफ्नो वक्तव्य सार्वजनिक गर्दै सिंगै विश्व कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्ने जोसुकैलाई पनि सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनताका लागि किमार्थ स्वीकार्य नहुने भन्दै ‘धम्की’ समेत दिएका थिए ।

कांग्रेस नेता थापाले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नै महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेलेको आरोप लगाएका छन् ।

‘वाह प्रधानमन्त्री (पीएम_नेपाल) ज्यू ! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थित बिगार्ने तपाईं ! गर्नुपर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं ! अनि धम्की ती खबरदारी गर्नेहरुलाई ? जो चोर उसैको ठूलो स्वर । कोही तर्सनेवाला छैन यो धम्कीबाट,’ कांग्रेस नेता थापाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १ : ४४ बजे

भारतको लद्दाखमा नेपालकै शैलीमा प्रदर्शन : भाजपाको कार्यालय र प्रहरीको गाडी जलाइयो

लेह- लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन मागसहित नेपालकै शैलीमा प्रदर्शन

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्ध

काठमाडौं – कलाकार माओत्से गुरुङको लेखन र निर्देशनमा बन्न लागेको

राष्ट्रिय महिला आयोगकी कृष्णकुमारीले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष

काठमाडौं– राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले अध्यक्ष कमला

देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु

राष्ट्रपतिले जारी गरे मतदाता नामवालीसम्बन्धी अध्यादेश

काठमाडौं-  राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवालीसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन्