नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो « Khabarhub

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेका १–१ गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता अधिकारीले कोरोनाको संक्रमण देखिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । उनीहरु दुवै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका सह–प्रवक्ता अधिकारीको भनाइ छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : २१ बजे

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले