काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने « Khabarhub

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौँमा ‘बहुगन्तव्य शैक्षिक मेला’ हुने भएको छ । गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा शनिबार बागबजारस्थित सल्यान हाउसमा मेला आयोजना गर्न लागेको हो । गोरेटोका मुख्य कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलका अनुसार मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा विशेषगरी अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाका शैक्षिक अवसरबारे विस्तृत जानकारी दिइने आयोजकले जनाएको छ । मेलामा १५ भन्दा बढी अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ । विद्यार्थीले ती प्रतिनिधिसँग आफ्नो अध्ययन योजना, रुचिअनुसारका पाठ्यक्रम, छात्रवृत्ति सुविधा, भर्ना प्रक्रिया र भिसा मार्गनिर्देशनका विषयमा प्रत्यक्ष परामर्श लिनेछन्।

“एउटै थलोमा विभिन्न देशका शैक्षिक विकल्पबारे बुझ्न र तुलना गर्न सकिने भएकाले यो मेला विद्यार्थीका लागि निकै फलदायी हुनेछ,” बजार व्यवस्थापक प्रकाश रेग्मीले भने । विदेशमा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो मेला गरिएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ९ : १६ बजे

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित