लकडाउनका बीच पनि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा देउराली पूजा « Khabarhub

लकडाउनका बीच पनि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा देउराली पूजा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दी (लकडाउन)का बीच पनि प्राचीन धार्मिक महत्व बोकेको कास्कीको देउराली मन्दिरमा पूजा गरिएको छ ।

जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीयवासीले लकडाउनको अवधिमा पनि बिहीबार यहाँको देउराली माईको मन्दिरमा पूजाआजा गरेका हुन् । २ हजार ४०० मिटर उचाइमा गाउँको शिर देउराली डाँडामा अवस्थित मन्दिरमा पुगेर उनीहरुले वर्षैदेखि गर्दै आएको पूजालाई निरन्तरता दिएका हुन् ।

झण्डै ३०० वर्षअघिदेखि वर्षमा दुईपटक मङ्सिर र वैशाखमा देउरालीमाईको पूजाआजा गर्ने गरिएको हो । हिउँदमा खेतीबाली थन्काएपछि देउरालीमाईको आशीर्वादले राम्रोसँग खेतीबाली घरभित्र हुल्न पाइएको र बर्खा शुरु हुन लाग्दा खेतीपाती राम्रो होस् तथा समयमै वर्षा होस् भन्ने कामनासहित गाउँलेले धूप अक्षता चढाएर तथा बलि दिएर पूजाआजा गर्ने गर्छन् ।

देउराली पूजा गर्दा प्राकृतिक विपत्ति नआउने, समयमै वर्षा भएर खेतीबाली राम्रो हुने तथा देउरालीको सम्झना गर्दा जस्तोसुकै दुःख, कष्टबाट समेत उन्मुक्ति मिल्ने जनविश्वास रहँदै आएकाले निरन्तर पूजा सञ्चालन गरिँदै आएको छ । लामो समय खडेरी परेको अवस्थामा समेत देउरालीको पूजा गरेपछि पानी पर्ने गरेको बूढापाकाको भनाइ छ ।

पूजामा यस पटक चाहिँ यसअघिभन्दा दर्शनार्थीको सङ्ख्या कम भएको बताइन्छ । कोरोनाका कारणले धेरै भीडभाड नगरी भाकल भएकालाई मात्र मन्दिरमा जान दिइएको र टोल विकास संस्थामार्फत अन्य परिवारको धूप अक्षता सङ्कलन गरेर मन्दिरमा चढाउने व्यवस्था गरिएकाले सीमित व्यक्तिमात्र मन्दिर पुगेको वडा नम्बर ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए ।

‘यसपटक पूजा रोक्ने भन्ने कि भनेरसमेत छलफल गरेका थियौँ । तर अधिकांश स्थानीयवासीले दुःख तथा आपत् विपत्मा सम्झना गरिने देउरालीको पूजा रोक्दा अनिष्ट हुन्छ भन्न थाल्नुभयो । पण्डितबाट समेत वर्षौंदेखि चल्दै आएको पूजा रोक्न नहुने भनिएको र सबैबाट दबाब आएपछि सामाजिक दूरी कायम गर्दै पूजा सञ्चालन गरियो,’ उनले भने ।

पूजाका लागि भाकल भएका परिवारबाट समेत एकजनालाई मात्र मन्दिरमा जान दिइएको र प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरेर कडाइ गरिएको पनि उनले बताए । गाउँबाट २ घण्टाको पैदलपछि देउरालीडाँडामा पुग्ने गरिएकामा यसै वर्ष गाउँपालिका तथा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मन्दिरभन्दा केही तलसम्म सडकको ट्र्याक खोलिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ३ : ४९ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले