लगातारको वर्षाका कारण किसानहरु दिक्क « Khabarhub

लगातारको वर्षाका कारण किसानहरु दिक्क


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– वैशाख दोस्रो साताको प्रारम्भसँगै दिनदिनैजसो पानी परेपछि महोत्तरीका किसान खेतीपातीको काम गर्न नपाएर हैरान छन् ।

नयाँ वर्ष लागेयता पहिलोपटक वैशाख ८ गते असिनापानी परेर दिनहुँजसो पानी परिरहेपछि खेतीपातीको काम गर्न नपाएर किसानको छटपटी बढेको हो । पछिल्ला करिब दुई साताबीच (वैशाख–८ गतेदेखि हालसम्म) महोत्तरीका धेरैजसो भेगमा तीन पटक त असिनापानी परिसकेको छ ।

शुक्रबार बिहान परेको पानीले त तरकारी बाली रहेका खेतबारी र नयाँ खेती लगाउनु पर्ने जग्गा हिलाम्य भएर खनजोत गर्न नपाइएको किसानको चिन्ता छ । यसबीचमै दुई/तीन पटक आएको हुरीबतासले आँप र लिचीका फल बग्रेल्ती झारेपछि मन अड्याउने ठाउँ नै नपाएको सोझा किसान बताउँछन् ।

‘खेतबारी हिलो भएर खनजोत गर्न पाइएको छैन, तरकारी बारीमा बढेको झार गोडमेल गर्न पाइएन,’ भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवारले लामो सास फेर्दै भने, ‘घरमा भएको अन्नपात लकडाउनमा खाएर सकिँदै छ, नयाँ बाली लगाउन मौसमले साथ दिएन, अब के गरी जहान पाल्नेहोला ?’

वैशाख दोस्रो साताको प्रारम्भमै पहिलो पटक पानी पर्दा बन्जड (रुखो) खेतबारी खनजोत गर्न सहज भएको भनेर खुशी भएका किसान पानी परिरहेर काम गर्न नपाएपछि दिक्क बनेका हुन् ।

‘लगातारको पानीले मकै रोप्न पनि दिएन, धान, कोदोको बीउ राख्न पनि पाइएको छैन,’ बर्दिवास नगरपालिका–७ प्रेमनगरका किसान रामप्रित महतोले भने, ‘कोरोनासँगै प्रकृति पनि हाम्रो खेदो खन्न लागेजस्तो छ ।’ हिले धानको बीउ राख्न पानी पर्याप्त नभएको र धुले राख्न खेतबारी गिलो भएको हुँदा नपाइएको किसानको चिन्ता छ ।

पछिल्लो करिब दुई साताबीच दुई/तीन पटक हुरीबतास आएर फलफूल झारेको, वैशाखी तरकारी बालीका बेला (लहरा) चुँडाएको र लगातारको वर्षाले नयाँ बाली लगाउन खेतबारी खनजोत गर्न नपाएपछि कामकाज नभएको जस्तै बनिएको किसान बताउँछन् । लगातारको वर्षाले गर्मी भने बढ्न दिएको छैन ।

यता मर्मतसम्भारको कामले गति नलिँदा जिल्लाका मुख्य सडक नै हिलाम्य भएका छन् । सामान्य वर्षाले नै जलेश्वर–बर्दिवास, भिठ्ठामोर–जलेश्वर–जनकपुर र जलेश्वर–सम्सी सडकमा सवारी आवागमन रोकिने गरेको छ । ढल निकासको प्रबन्ध नहुँदा ग्रामीण सडक हिँड्नै नहुने गरी भताभुङ्ग बनेको देखिन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ५ : १८ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट