अमेरिका एक शवगृहको बाहिर ट्रकमै भेटिए दर्जनौ शव « Khabarhub

अमेरिका एक शवगृहको बाहिर ट्रकमै भेटिए दर्जनौ शव


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको एक शव दाहगृह नजिक दर्जनौ शव फेला परेको छ ।

न्युयोर्क प्रहरीले ब्रुकलिनमा दर्जनौ शव फेला पारेको हो । ब्रुकलिनको एक फ्युनरल होम बाहिर यु हल ट्रकमा स्टोर गरि राखिएको अवस्थामा ती शवहरु फेला पारेको हो । ती शवहरु ट्रकमा स्टोर गरि राखिएको भएपनि कतिपय रेफ्रिजेरेटरमा समेत थिएनन ।

शव झण्डै ६० को संख्यामा हुन सक्ने अनुमान गरिएको छ । न्युयोर्क प्रहरीले ती शवहरुको बारेमा अनुसन्धान भइरहेको बताएको छ । फ्युनरल होमबाहिर ट्रकभित्र शवहरुलाई अलपत्र अवस्थामा राखिएको बारे स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।

ती शवहरु कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको भएको अनुमान लगाइएको बीबीसीले उल्लेख गरेको छ । ब्रुकलिन बोरोका अध्यक्ष इरिक आदमले शवहरुलाई यसरी अलपत्र अवस्थामा राखिएकोमा आपत्ती जनाउँदै सीटीले तत्कालै व्यवस्थापन गर्नुपर्ने माग गरेका छन ।

यु हल ट्रकमापनि शवहरुलाई यसरी अलपत्र अवस्थामा राखिएकोमा विरोध हुंदै आएको छ । न्युयोर्कमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अत्यधिक बढेपछि शव व्यवस्थापन प्रमुख चुनौतीका रुपमा रहंदै आएको छ ।

सिमित संख्यामा भएका अन्त्यष्टि घर अर्थात फ्युनरल होमले मृतकको चाप थेग्न नसकेका कारण शवहरु कैयन दिनसम्म अलपत्र पर्ने गरेको छ । यसले संक्रमण झन फैलिन सक्ने भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन ।

कोरोनाका कारण अमेरिकामा १० लाख ९७ हजार भन्दा धेरै संक्रमित भएका छन् भने ६३ हजार ९ सय १३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : ४० बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि