अमेरिका एक शवगृहको बाहिर ट्रकमै भेटिए दर्जनौ शव « Khabarhub

अमेरिका एक शवगृहको बाहिर ट्रकमै भेटिए दर्जनौ शव


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको एक शव दाहगृह नजिक दर्जनौ शव फेला परेको छ ।

न्युयोर्क प्रहरीले ब्रुकलिनमा दर्जनौ शव फेला पारेको हो । ब्रुकलिनको एक फ्युनरल होम बाहिर यु हल ट्रकमा स्टोर गरि राखिएको अवस्थामा ती शवहरु फेला पारेको हो । ती शवहरु ट्रकमा स्टोर गरि राखिएको भएपनि कतिपय रेफ्रिजेरेटरमा समेत थिएनन ।

शव झण्डै ६० को संख्यामा हुन सक्ने अनुमान गरिएको छ । न्युयोर्क प्रहरीले ती शवहरुको बारेमा अनुसन्धान भइरहेको बताएको छ । फ्युनरल होमबाहिर ट्रकभित्र शवहरुलाई अलपत्र अवस्थामा राखिएको बारे स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।

ती शवहरु कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको भएको अनुमान लगाइएको बीबीसीले उल्लेख गरेको छ । ब्रुकलिन बोरोका अध्यक्ष इरिक आदमले शवहरुलाई यसरी अलपत्र अवस्थामा राखिएकोमा आपत्ती जनाउँदै सीटीले तत्कालै व्यवस्थापन गर्नुपर्ने माग गरेका छन ।

यु हल ट्रकमापनि शवहरुलाई यसरी अलपत्र अवस्थामा राखिएकोमा विरोध हुंदै आएको छ । न्युयोर्कमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अत्यधिक बढेपछि शव व्यवस्थापन प्रमुख चुनौतीका रुपमा रहंदै आएको छ ।

सिमित संख्यामा भएका अन्त्यष्टि घर अर्थात फ्युनरल होमले मृतकको चाप थेग्न नसकेका कारण शवहरु कैयन दिनसम्म अलपत्र पर्ने गरेको छ । यसले संक्रमण झन फैलिन सक्ने भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन ।

कोरोनाका कारण अमेरिकामा १० लाख ९७ हजार भन्दा धेरै संक्रमित भएका छन् भने ६३ हजार ९ सय १३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : ४० बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक