राहतमा भएको अनियमितता छानबिन गर्न समिति गठन « Khabarhub

राहतमा भएको अनियमितता छानबिन गर्न समिति गठन


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा वितरण गरिएको राहतमा ब्यापक गुनासो आउन थालेपछि महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सोको छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका छन् ।

महानगर प्रमुखले सामाजिक विकास महाशाखा प्रमुख अधिकृत अरुणकुमार महतोको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

चार दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने उक्त तीन सदस्यीय समितिमा लेखापरीक्षक हरिशङ्करप्रसाद कुर्मी र योजना महाशाखाका सुमन श्रेष्ठ रहेका छन् ।

उक्त समितिले महानगरले पठाएको ब्राण्डबाहेकको अन्य ब्राण्डको बोरामा समस्या देखिएको विषयमा पनि छानबिन समितिले सत्य तथ्य बाहिर ल्याउने नगरप्रमुख सरावगीले बताए ।

अन्य कुनै वडामा राहत लगेको तर ती राहत नबाँडेर बेचेको, खाएको, हिनामिना गरेकोजस्ता गुनासा आएकाले यस्ता सबै गतिविधिलाई समेत छानबिनको दायरामा ल्याइने उनको भनाइ छ ।

वडा नं १४ मा महानगरपालिकाले राहत बाँड्न पठाएको चामल गुणस्तरहीन भेटिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतसहितको टोलीले गोदाममा छापा मारेको थियो ।

सो टोलीले गोदाममा भण्डारण गरी राखिएको चामलको नमूना सङ्कलन गरी परीक्षणका लागि जनकपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशालमा पठाएको छ । गोदाममा रहेको चामलमध्ये केही बोराबाट नमूना सङ्कलन गरी परीक्षणका लागि जनकपुर पठाइएको सहायक प्रजिअ बस्नेतले बताए ।

वडा नम्बर १४ मा राहत बाँड्न पठाएको ९७५ केजी चामलमध्ये केही बोराको चामल गुणस्तरहीन रहेको र केही बोरामा अङ्कित तौलभन्दा कम तौल चामल भेटिएपछि वडाध्यक्ष भरतप्रसाद कुर्मीले राहत वितरण रोकेका थिए ।

राहत वितरणका लागि चामलको बोरा खोलेर झोलामा प्याकिङ गर्ने क्रममा न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट महानगरपालिकाले खरिद गरेको ९५० किलो चामलमध्ये केही बोराभित्रको चामल डल्लो परेको भेटिएकाले विवाद उत्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : २५ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा