छिन्छुमा बस्दै आएका ४६ राउटे परिवारलाई राहत « Khabarhub

छिन्छुमा बस्दै आएका ४६ राउटे परिवारलाई राहत


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- भेरीगङ्गा नगरपालिकाको छिन्चु खोलामा बस्दै आएका राउटे समुदायलाई राहत वितरण गरिएको छ ।

लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि लेकबेँसी नगरपालिकाको आर्थिक सहयोग र राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको समन्वयमा ४६ राउटे परिवारलाई राहत वितरण गरिएको हो ।

प्रतिघर ३० किलो चामल, पाँच लिटर तेल र १५० वटा माक्स वितरण गरिएको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष कृष्णादेवी ओलीले जानकारी दिए । राहत पाएपछि राउटे समुदाय खुशी भएका छन् । लकडाउनले गर्दा उनीहरूले बनाएका काठका सामग्री घरमै थन्किएपछि खाद्यान्न अभाव भएको थियो ।

लकडाउनका कारण आफूले बनाएका काठका सामग्री बिक्री हुन छाडेपछि राउटेले समुदाय चिन्तित बनेका थिए । लकडाउनका कारण आफूहरुले बनाएका सामग्री बिक्न छोडेको राउटे युवा सूर्यनारायण शाहीले बताए । काठबाट बनाइएका कोसी, मधुश, आरी र खाट लगायतका सामग्री विभिन्न गाउँ तथा बजारमा पुगेर अन्नसँग साट्न नपाएपछि समस्या भएको शाहीको भनाइ थियो ।

जङ्गली जनावरको शिकार गर्ने, जङ्गलमा पाइने काठबाट बनाइएका सामग्री बेचेरै जीविका चलाउनु उनीहरुको मुख्य पेशा हो । आफूलाई जङ्गलका राजा भनेर चिनाउने उनीहरुलाई अहिले दैलेख गुराँस गाउँपालिका र विभिन्न सङ्घसंस्थाले राहत दिने गरेका छन् ।

राउटे समुदायलाई गुराँस गाउँपालिकाले अस्थायी परिचयपत्र दिई गाउँपालिकाको नागरिकका रुपमा सेवा सुविधा दिँदै आएकोे छ ।

उनीहरुलाई गाउँपालिकाबाट भत्ता र स्वास्थ्य शिक्षामा काम गरिरहेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । अध्यक्ष वलीले कोरोना भाइरसबाट बच्नका लागि उनीहरुको स्वास्थ्य परीक्षण र खाद्यान्नसमेत वितरण गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : ४४ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा