तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको १९ वर्ष पूरा « Khabarhub

तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको १९ वर्ष पूरा


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ ।

आजभन्दा ठीक १९ वर्ष अघि २०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो ।

उक्त हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो तर जनमानसले अहिलेसम्म त्यसलाई पत्याएका छैनन् ।

सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ ।

उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।

दरबार हत्याकाण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलेको थियो । त्यसपछि संविधानसभाको चुनाव भई २०६५ साल जेठ १५ मा गणतन्त्र घोषणा भई २५० वर्ष लामो शाहवंशीय शासनको अन्त्य भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ६ : ४४ बजे

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका