कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला  – कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार राति १०:१५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जारी गरेको बिज्ञप्तिमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

योसँगै कर्णालीका ६ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १६६ पुगेको छ ।

 

नयाँ संक्रमित मध्ये २४ जना दैलेख जिल्लाको नारायण नगरपालिका, सिमडा, सोत, सादु, जुकेपानी र दुल्ल गाउँपालिका रहेका छन् । यस्तै १७ जना जुम्लाको हिमा र सिंजा गाउँपालिकाका रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटमा कोरोना भाइरसको संक्रमण हालसम्म नदेखिए कर्णाली प्रदेशमा पहिलो संक्रमण पुष्टि भएको १५ दिनमा कुल संक्रमितको संख्या १६६ पुगेको छ ।

कर्णाली प्रदेशमा गत जेठ ५ गते सोमवार पहिलो पटक कोभिड-१९ भएका व्यक्ति फेला परेको पुष्टि भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ०१ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्