ला लिगा : महामारीपछि बार्सिलोनाको पहिलो खेल रियल मालोर्कासँग « Khabarhub

ला लिगा : महामारीपछि बार्सिलोनाको पहिलो खेल रियल मालोर्कासँग


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि सुरू हुन लागेको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आफ्नो पहिलो खेल रियल मालोर्कासंग खेल्ने भएको छ ।

कोरोनाका कारण अबरुद्ध सिजन पुन सुरु हुँदै गर्दा बार्सिलोनाले लिगको पहिलो खेलमा रियल मालोर्कालाई प्रतिद्वन्द्वी पाएको हो  ।

कोरोना महामारीका कारण ला लिगा मार्च १२ बाट स्थगित भएको थियो । प्रधानमन्त्री पेड्रो साञ्चेजले घरेलु फुटबल पुन सुरु गर्ने औपचारिक घोषणा गरेपछि स्पेनको शीर्ष डिभिजनको ला लिगा मैदान फर्कन लागेको हो ।

नयाँ तालिका अनुसार बार्सिलोनाले जुन १३ मा रियल मालोर्कासंग प्रतिस्पर्धा गर्नेछ । यस्तै, अबरुद्ध सिजनको पहिलो खेलमा रियल बेटिस र सेभिल्ला भिड्नेछन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ४३ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत