बलिउड संगीतकार वाजिद खानको मृत्यु « Khabarhub

बलिउड संगीतकार वाजिद खानको मृत्यु


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको सोमबार विहान मृत्यु भएको छ ।

४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संगीतकार समिल मर्चेन्टले वाजिदको मृत्यु भएको पुष्टि गरेका हुन्।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । केही दिन अगाडि उनमा कोरोना पोजेटिभ समेत पुष्टि भएको थियो।

उनी मिर्गौलासम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। उनले केही महिना अगाडिमात्र मिर्गौला प्रत्यारोपण गरेका थिए।

वाजिद आफ्नै दाइ साजिद खानसँग जोडीका रुपमा इन्डस्ट्रीमा सक्रिय थिए। सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’बाट बलिउडमा डेब्यू गरेको यो सांगीतिक जोडीले हेलो ब्रदर, तुम्को ना भूल पाएंगे, गर्व, मुझ्से सादी करोगे, वीर, दबंगका तीन संस्करण लगायत फिल्ममा गीत/ संगीत दिएका छन्।

वाजितको निधनमा संगीतकर्मी र बलिउडकर्मीहरूले शोक व्यक्त गरेका छन्।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ९ : ४९ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,