बाँके दुर्घटना : मृतक र घाइते सबैको कोरोना परीक्षण गरिदै | Khabarhub Khabarhub

बाँके दुर्घटना : मृतक र घाइते सबैको कोरोना परीक्षण गरिदै


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेमा गएरातिको दुर्घटनामा मृत्यु भएका १२ जना र घाइते सबैको कोरोना भाइरस भए नभएको पुष्टि गर्न स्वाब परीक्षण गरिने भएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार मृतक र घाइते सबैको कोरोना भाइरसको परीक्षण गर्न स्वाब परीक्षण संकलन सुरू गरिएको जानकारी दिए ।

स्वाब परीक्षण रिपोर्टका आधारमा मात्रै आफन्तलाई शव बुझाइनेछ । भारतबाट आएकाले उनीहरुमा कोरोना भाइरसको जोखिम उच्च रहेकाले परीक्षण गर्न लागिएको हो ।

भारतका विभिन्न शहरबाट आएका ३३ जना सवार ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यान जाँदै गर्दा आइतबार राति सवा १२ बजेतिर रोकिराखेको ट्रकमा ठोकिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : १४ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय