गाउँमा रोग सर्ने डरले स्थानीयले विद्यालयलाई क्वारेन्टाइन बनाउन दिएनन् « Khabarhub

गाउँमा रोग सर्ने डरले स्थानीयले विद्यालयलाई क्वारेन्टाइन बनाउन दिएनन्


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइन भरिभराउ छ ।

त्यहाँको क्वारेन्टाइनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्न खोजेपछि स्थानीयवासीले विरोध गरी अवरोध गर्ने गरेका छन् ।

कोरोना भाइरस सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीन वटा क्वारेन्टाइनमा ३८३ नागरिक बसेका छन् ।

बाहिरबाट आउने नागरिकको सङ्ख्या बढ्न थालेपछि सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने सरकारको नीतिअनुसार क्वारेन्टाइन बनाउन खोज्दा स्थानीयवासीले विरोध गरेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताए । उनले भने “राज्य यतिबेला सङ्कटमा छ । सबै सहयोग सर्मथन र हातेमालो गरी कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्नुपर्ने बेलामा जानेबुझेकै व्यक्तिले असहयोग गर्ने गरेका छन् ।”

स्थानीयवासीलाई सम्झाउन र कुरा बुझाउन खोज्दा पनि बुझ्ने प्रयास नगरेको उनले टिप्पणी गरे ।

चन्दननाथ नगरपालिका–१० कार्तिकस्वामीस्थित जनज्योति मावि र ९ नम्बर वडा श्रीढुस्कास्थित शम्भुनाथ ज्ञानकुञ्ज माविमा क्वारेन्टाइन बनाउन खोज्दा स्थानीयवासीले अवरोध गरेको उनले बताए ।

नगरपालिका–१० कार्तिकस्वामीका पदमबहादुर शाहीका अनुसार गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । उनले भने, ‘आइसोलेसन केन्द्र र अस्पताल नजिकका विद्यालयमा क्वारेन्टाइन बनाउन छोडेर टाढाका विद्यालयमा बनाउन खोज्दा स्थानीयवासीको विरोध हुनु स्वाभाविक हो । रोग सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउनु हुँदैन । यसबाट नागरिक त्रसित छन् ।’

लकडाउन अवधिभर जुम्लामा १२ हजार ९२ नागरिक भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा एक हजार २७३ जना क्वारेन्टाइनबाट घर फिर्ता भएका छन् । एक हजार ६८४ को पिसिआर परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ११ : ०६ बजे

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत