संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली « Khabarhub

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि विभिन्न स्वरुपमा संघर्ष अघि बढाउने बताएका छन् ।

संविधान दिवसका अवसरमा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मुलुकलाई विधि, पद्धति र संविधानभन्दा बाहिर लगेर अराजकता तथा अध्याँरो युग तर्फ धकेल्ने षड्यन्त्र भइरहेको भन्दै संविधान र लोकतन्त्रको रक्षाका लागि पार्टीले नेतृत्व लिएर कानुनी तथा विभिन्न स्वरूपका संघर्षहरू अगाडि बढाउने बताएका हुन् ।

उनले मुलुकलाई संविधान र लोकतान्त्रिक विधि अनुसार चल्न नदिइ सडकबाट केही हजार मानिस उतारेर जनताको ३ करोडको जनमतलाई ध्वस्त पार्ने प्रयास भइरहेको र यसले हिंसा तथा दिशाहीनता निम्त्याउने धारणा राखे । भदौ २३ र २४ गतेका घटना, असंवैधानिक रूपमा सरकार र प्रतिनिधिसभा विघटन तथा राष्ट्रिय क्षति पुर्‍याउनेहरूलाई छुट दिने काम भएको भन्दै उनले असन्तुष्टि जनाए ।

अध्यक्ष ओलीले सबै घेराबन्दी र विभाजनका बाबजुद एमाले एकताबद्ध भएर निर्णायक राष्ट्रिय शक्तिको रूपमा अघि बढ्ने दाबी गरे । उनले असोज ६ र ७ गतेको केन्द्रीय समितिको बैठकले देखिएका समस्याहरूको समाधान निकाल्दै पार्टीलाई सुदृढ एकताका साथ अझ सक्रिय बनाएर लैजाने बताए ।

उनले एमालेमा गल्ती–कमजोरी महसुस गर्ने क्षमता र लडे पनि फेरि उठेर अगाडि बढ्ने सामथ्र्य भएकाले कसैले चाहेर पनि पार्टीलाई सिध्याउन नसक्ने दाबी गरे । पार्टीभित्रको विवादका बारेमा आएका समाचारमा सत्यता नभएको भन्दै उनले पार्टी एकता र आगामी कामको संकल्पसहित अघि बढ्ने उल्लेख गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १ : ४६ बजे

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको