एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई निवेदन « Khabarhub

एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई निवेदन


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिइएको छ ।

काठमाडौं, भक्तपुर, ललितपु र धादिङ जिल्ला फुटबल संघले शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका हुन् ।

चार जिल्ला फुटबल संघले एन्फा अध्यक्षलाई कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी दिएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले एक भिडियोमा दिएको अन्तरवार्ता नेपालको कानुन र अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरित रहेको भन्दै चार जिल्ला फुटबल संघले प्रधानमन्त्रीसँग शेर्पालाई कारबाही गर्न माग गरेका हुन् ।

शेर्पाको नेतृत्वमा विभिन्न किसिमको अनियमितता र त्रुटिपूर्ण काम भएको भन्दै कारबाही गर्न माग गदै प्रधानमन्त्री कार्यालयमा निवदन दर्ता गराएका हुन् ।

एन्फाको वर्तमान नेतृत्वबिरुद्ध असन्तुष्ट चार जिल्ला फुटबल संघले निरन्तर विरोध गर्दै आएका छन् । यसअघि चारै जिल्ला फुटबल संघले एन्फामा ब्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको भन्दै एन्फा अध्यक्षलाई कारबाहीको माग गर्दै अख्तियार सहितका निकायमा उजुरी दिएका थिए ।

तर आरोप प्रमाणित हुने आधार नभेटिएको भन्दै अख्तियारले एन्फालाई क्लिन चिट दिएको थियो ।

प्रधानमन्त्री कार्यालयमा बुझाएको निवेदन हेर्नुहोस्

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ३ : २९ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय

सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्नेमा विश्वास छ : महानिरीक्षक अर्याल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट