बाँके दुर्घटना : सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

बाँके दुर्घटना : सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा भएको दुर्घटनामा ज्यान गुमाएका तथा घाइते सबैको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ।

भेरी अस्पतालले दुर्घटनामा परेका ३३ जना सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार १२ जना मृतक र २१ जना घाइतेको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

थापाले भने, ‘उहाँहरुको आज बिहान १० बजे नै स्वाब संकलन गरेर प्रयोगशालमा पठाइएको थियो । उहाँहरु सबैको रिपोर्ट नगेटिभ आएको हो । १२ जना मृतक र २१ जना घाइतेको नै रिपोर्ट नगेटिभ आएको छ ।’

दुर्घटनामा परी ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

मृतक सबैको शव भेरी अस्पतालमा राखिएको छ । घाइते २१ को पनि भेरी अस्पतालमै उपचार भइरहेको छ । भारतका विभिन्न शहरमा काम गर्न गएका उनीहरु कोरोना संक्रमणको अवस्थामा नेपाल आएका थिए ।

नेपालगञ्ज जमुनाहा नाकाबाट नेपाल भित्राइएको उनीहरु गृह जिल्ला जान हिडेको गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा दैलेख जिल्ला साविकको बराहा गाविस वडा नम्वर ३ का गाडी चालक दानबहादुर खड्का, सुर्खेत जिल्ला लाटि कोइलीका गाडी सहचालक पवन भण्डारी र दाङ्ग राजपुर ६ का रामकुमार पुनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसएसपी वीर बहादुर वलीले जनाकारी दिए ।

त्यसैगरी ठेगाना नखुलकेका बुद्धि राम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश कार्कीको मृत्यु भएको छ ।

दुर्घटना घाइते हुनेहरुमा दाङ्गका ६ जना, रोल्पाका ५ जना र सल्यानका १० जना छन । भातरबाट आएका ३३ (चालक र सहचालक सहित) यात्रु लिएर सल्यान तर्फ जादै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी राति सवा ब्राह बजेतिर रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको बाँके प्रहरी प्रमुख एसएसपी वलीले बताएका छन ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ४ : ०३ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं