बाँके दुर्घटना : सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ « Khabarhub

बाँके दुर्घटना : सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा भएको दुर्घटनामा ज्यान गुमाएका तथा घाइते सबैको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ।

भेरी अस्पतालले दुर्घटनामा परेका ३३ जना सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार १२ जना मृतक र २१ जना घाइतेको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

थापाले भने, ‘उहाँहरुको आज बिहान १० बजे नै स्वाब संकलन गरेर प्रयोगशालमा पठाइएको थियो । उहाँहरु सबैको रिपोर्ट नगेटिभ आएको हो । १२ जना मृतक र २१ जना घाइतेको नै रिपोर्ट नगेटिभ आएको छ ।’

दुर्घटनामा परी ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

मृतक सबैको शव भेरी अस्पतालमा राखिएको छ । घाइते २१ को पनि भेरी अस्पतालमै उपचार भइरहेको छ । भारतका विभिन्न शहरमा काम गर्न गएका उनीहरु कोरोना संक्रमणको अवस्थामा नेपाल आएका थिए ।

नेपालगञ्ज जमुनाहा नाकाबाट नेपाल भित्राइएको उनीहरु गृह जिल्ला जान हिडेको गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा दैलेख जिल्ला साविकको बराहा गाविस वडा नम्वर ३ का गाडी चालक दानबहादुर खड्का, सुर्खेत जिल्ला लाटि कोइलीका गाडी सहचालक पवन भण्डारी र दाङ्ग राजपुर ६ का रामकुमार पुनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसएसपी वीर बहादुर वलीले जनाकारी दिए ।

त्यसैगरी ठेगाना नखुलकेका बुद्धि राम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश कार्कीको मृत्यु भएको छ ।

दुर्घटना घाइते हुनेहरुमा दाङ्गका ६ जना, रोल्पाका ५ जना र सल्यानका १० जना छन । भातरबाट आएका ३३ (चालक र सहचालक सहित) यात्रु लिएर सल्यान तर्फ जादै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी राति सवा ब्राह बजेतिर रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको बाँके प्रहरी प्रमुख एसएसपी वलीले बताएका छन ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ४ : ०३ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको