विदेशबाट फर्किनेहरुलाई राख्न ‘होल्डिङ सेन्टर’ बनाउँदै ललितपुर महानगर « Khabarhub

विदेशबाट फर्किनेहरुलाई राख्न ‘होल्डिङ सेन्टर’ बनाउँदै ललितपुर महानगर


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले विदेशबाट फर्किने वडा बासीहरुलाई राख्नका लागि प्रत्येक वडामा होल्डिङ सेन्टर  खोल्ने भएको छ ।

विदेशबाट नेपाल फर्कनेहरु कोरोना भाइरसबाट संक्रमित हुनसक्ने तर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।

कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले असार दोस्रो सातापछि मात्रै अन्तर्राष्ट्रिय उडान खोल्ने बताएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महानगरको प्रत्येक वडामा खोलिने यस्ता सेन्टरमा विदेशबाट फर्किएकाहरुलाई राखिने बताए । उक्त सेन्टरमा विदेशबाट आउनेहरु सिधैं उक्त सेन्टरमा तोकिएको अवधि बसेर आवश्यक परीक्षणहरु सकेपछि मात्रै घर जान पाउने छन् ।

सामाजिक विकास समितिका संयोजक तथा महानगर वडा नं २४ का अध्यक्ष दिनेश कार्कीले वडाहरुमा होल्डिङ सेन्टर राख्नका लागि त्यस्ता ठाउँहरुको पहिचान भइरहेको बताए ।

उनका अनुसार ती होल्डिङ सेन्टर सामुदायिक भवन, पाटी प्यालेस लगायतका ठाउँमा संचालन गरिनेछ । सामुदायिक भवन र पाटी प्यालेस नभएको ठाउँमा मात्रै विद्यालयलाई प्रयोग गरिने संयोजक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ५ : ४३ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ