दाङमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

दाङमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङमा सोमबार साँझ थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्ति अनुसार दाङको रामपुर क्वारेन्टाइनमा रहेका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये ७ जना पुरुष, एक जना बालिका र एक जना महिला छन् ।

नयाँ थपिएका संक्रमितहरु घोराही उपमहानगर पालिका १ का ३० वर्षका पुरुष र ११ वर्षीया बालिका रहेकी छन् ।

यस्तै सोही उपमहानगरपालिकाको वडा नम्बर २ का १९ वर्षीया महिला, २६, ४०, ४५ र ४६ वर्षका पुरुष, वडा नम्बर ५ का ५२ वर्षीय पुरुष र वडा नम्बर १७ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ७ : ११ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त