लकडाउन खुकुलो पार्दै उद्योग व्यवसाय खोल्ने वातावरण बनाउन विज्ञापन संघको माग « Khabarhub

लकडाउन खुकुलो पार्दै उद्योग व्यवसाय खोल्ने वातावरण बनाउन विज्ञापन संघको माग


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विज्ञापन संघले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउन केही खुकुलो पार्दै उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ ।

विज्ञापन संघका अध्यक्ष रविन्द्र कुमार रिजाल “शशि’’ले विज्ञप्ति जारी गर्दै लकडाउनका कारण उद्योग,व्यवसाय, कलकारखाना लगायतमा परेको असरलाई मध्यनजर गरेर समाधानको उपाय खोजी गर्न सरकार सँग माग गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘लकडाउनले गर्दा आम सर्वसाधारण जनता एवं उद्योग,व्यवसाय, कलकारखाना, सेवा, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयंगम गरी विस्तारै सुरक्षित तवरवाट जनजीवनलाई सहज हुने गरि केहि खुकुलो पार्न आवश्यक देखिएको छ ।’

‘उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर वन्द गरि रहदा आम जनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी सञ्चालक, उद्योगिलाई आर्थिक रुपमा क्षतिका अलावा अरबौको लगानी समेत डुव्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भमिका निर्वाह गर्दे रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई संगसंगै अगाडि बढाउन सरोकारवाला पक्ष तथा विशेषज्ञ समेतको परार्मश गरी मध्यम मार्ग प्रसस्त गर्न अपरिहार्य देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै व्यवसाय तथा उद्योगहरु यथाशक्य सञ्चालनमा ल्याउन अनुरोध गरेको छ । अन्यथा देशमा आर्थिक संकट शुरु भइ नागरिक भोकमरीको शिकार हुन सक्नेतर्फ सचेत रहन समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ७ : ३७ बजे

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल