लकडाउन खुकुलो पार्दै उद्योग व्यवसाय खोल्ने वातावरण बनाउन विज्ञापन संघको माग « Khabarhub

लकडाउन खुकुलो पार्दै उद्योग व्यवसाय खोल्ने वातावरण बनाउन विज्ञापन संघको माग


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विज्ञापन संघले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउन केही खुकुलो पार्दै उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ ।

विज्ञापन संघका अध्यक्ष रविन्द्र कुमार रिजाल “शशि’’ले विज्ञप्ति जारी गर्दै लकडाउनका कारण उद्योग,व्यवसाय, कलकारखाना लगायतमा परेको असरलाई मध्यनजर गरेर समाधानको उपाय खोजी गर्न सरकार सँग माग गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘लकडाउनले गर्दा आम सर्वसाधारण जनता एवं उद्योग,व्यवसाय, कलकारखाना, सेवा, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयंगम गरी विस्तारै सुरक्षित तवरवाट जनजीवनलाई सहज हुने गरि केहि खुकुलो पार्न आवश्यक देखिएको छ ।’

‘उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर वन्द गरि रहदा आम जनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी सञ्चालक, उद्योगिलाई आर्थिक रुपमा क्षतिका अलावा अरबौको लगानी समेत डुव्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भमिका निर्वाह गर्दे रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई संगसंगै अगाडि बढाउन सरोकारवाला पक्ष तथा विशेषज्ञ समेतको परार्मश गरी मध्यम मार्ग प्रसस्त गर्न अपरिहार्य देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै व्यवसाय तथा उद्योगहरु यथाशक्य सञ्चालनमा ल्याउन अनुरोध गरेको छ । अन्यथा देशमा आर्थिक संकट शुरु भइ नागरिक भोकमरीको शिकार हुन सक्नेतर्फ सचेत रहन समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ७ : ३७ बजे

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।