अमेरिकी राष्ट्रपति ट्रम्पलाई बंकरभित्र राखिएको दाबी, ४० शहरमा कर्फ्यू | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पलाई बंकरभित्र राखिएको दाबी, ४० शहरमा कर्फ्यू


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले एक अश्वेत व्यक्तिको हत्या गरेको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका ४० शहरमा पुगेको छ ।

आन्दोलनमा तोडफोड, आगजनी लगायतका हिंसात्मक घटनाले उग्र रुप लिएपछि विभिन्न ४० शहरमा कर्फ्यु जारी गरिएको सिएनएनले जनाएको छ ।

जर्ज फ्लोइडको प्रहरीले यातना दिएरै मृत्यु भएको भन्दै मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले शनिवारबाट उग्ररूप लिएपछि विभिन्न ४० शहरमा कर्फ्यू जारी गरिए पनि आन्दोलन रोकिएको छैन ।

प्रदर्शनकारीहरूले कर्फ्यू तोड्दै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत घेराउ गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित बंकरमा राखिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

अश्वेत व्यक्तिको मृत्युले रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै ह्वाइट हाउससम्म प्रदर्शनकारीहरू पुगेपछि त्यहाँ सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

ह्वाइट हाउसमा अहिले अपनाइएको सुरक्षा तैनाथी अलकायदाले सेप्टेम्बर ११, २००१ मा गरेको आक्रमणपछि गरिएको सुरक्षा सावधानीपछिकै उच्च भएको वासिङ्टन पोष्टले उल्लेख गरेको छ ।

ब्यापक मात्रा प्रहरी परिचालन गर्दै कर्फ्यू जारि गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाट रोकका छैनन् ।

वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी, मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले ४१ सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

गएको सोमबार डेरेक शौभिन नामक ४४ वर्षीय (पूर्वप्रहरी) सुरक्षा गार्डले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृत्यु भएको आरोप लाग्दै आएको छ ।

शौभिनलाई हत्याको आरोपमा पक्राउ गरिएको छ भने उनी घटनापछि पदमुक्त भइसकेका छन् । उनलाई सोमवार अदालतमा पेस गरिने जनाइएको छ।

गत सोमवार राति प्रहरीलाई एउटा पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भनी फोन आएपछि त्यहाँ पुगेका सुरक्षाकर्मीले नक्कली नोट दिने भनिएका व्यक्ति जोर्ज फ्लोइडलाई समातेर गाडीमा राख्न खोज्दा उनी जान नमानेको तथा प्रतिकार गरेपछि हत्कडी लगाइएको प्रहरीको दाबी गर्दै आएको छ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ४३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द