शिशुलाई जङ्गलमा फाल्ने पक्राउ « Khabarhub

शिशुलाई जङ्गलमा फाल्ने पक्राउ


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुकी आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि पक्राउ गरिएको भण्डारीले बताए । उनीहरुको पहिलेदेखिनै अवैध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए । बच्चाको अवस्था सामान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ९ : ४२ बजे

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो