पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने « Khabarhub

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर खड्काले चैत १४ गते निकालेको वक्तव्यलाई अनधिकृत भनेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

‘नक्कली लेटर प्याड प्रयोग गरेर आफूसँग हुँदै नभएको जिम्मेवारी उल्लेख गर्दै चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य अनुशासनको उल्लंघन हो’, समितिको निर्णयमा भनिएको छ, ‘उक्त वक्तव्य अनधिकृत भएकाले सचेत गराइन्छ। अब उप्रान्त यस्तो गतल काम गर्ने जो-कोही उपर नेपााली कांग्रेसको विधान र नेपाल कानुनअनुसार कारबाही गरिनेछ ।’

कांग्रेसले समानान्तर गतिविधिको नेतृत्व गरिरहेका खड्काले फेरि त्यो गतिविधि दोहोर्‍याए कारबाही गर्ने निष्कर्ष निकालेको छ।

त्यसैगरी कांग्रेसको अनुशासन समितिले गत फागुन २१ गतेको चुनावमा पार्टीका सदस्यहरूले अनुसशासन उलंघन गरेको भए चैत मसान्तसम्म उजुरी पठाउन पनि आग्रह गरेको छ।

यसरी चुनावमा अन्तरघात गर्ने र अनुशासन उलंघनको आरोप लागेका व्यक्तिहरूबाट स्पष्टीकरण सोध्ने निर्णय पनि कांग्रेसले गरेको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : ५५ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि