अमेरिकामा कोरोना संक्रमित दैनिक एक लाख पुग्ने विज्ञको चेतावनी « Khabarhub

अमेरिकामा कोरोना संक्रमित दैनिक एक लाख पुग्ने विज्ञको चेतावनी


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाका सङ्क्रामक रोगका एकजना वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएको बताएका छन्।

आउँदा दिनहरू अमेरिका निम्ति थप चुनौतीपूर्ण हुने उनको ठम्याइ छ।

थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी अर्थात् दैनिक एक लाख मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ।

अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन्।

उनले नागरिकस्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिए।

अमेरिकी सिनेटको समितिद्वारा आयोजित सुनुवाइमा उनले भने, “हामीले अहिले सङ्क्रमण नियन्त्रण गर्न सकेका छैनौँ भन्ने स्पष्ट छ।”

अमेरिकाको दक्षिण र पश्चिमका राज्यहरूमा सङ्क्रमण बढिरहेको बीबीसीले उल्लेख गरेको छ ।

डा. फाउचीले फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्नियालाई अहिले तीव्र गतिमा महामारी फैलिएको राज्यको रूपमा उदाहरण दिए।

त्यस क्षेत्रका १६ वटा राज्यले व्यवसाय र कारोबार खोल्ने आफ्नो पूर्व योजना स्थगित वा फिर्ता लिएको समाचार संस्था सीएनएनले जनाएको छ।

डा. फाउचीका अनुसार देशका केही भागमा रोकथामको राम्रो काम भइरहे पनि देशको एउटा भागमा प्रकोप रहँदा अरू पनि जोखिमा परेका छन्।

उनले भने, “हामीले जहाँ सङ्क्रमण बढी छ त्यहाँमात्र ध्यान दिन सक्दैनौँ त्यसैले सिङ्गो देश नै जोखिममा छ।”

उनले सबै अमेरिकीलाई नि:शुल्क वितरण गर्ने गरी मास्क उत्पादन गर्न अमेरिकी सरकारलाई आग्रह पनि गरे।

विज्ञले त्यस्तो बताइ रहँदा सिनेटको समितिद्वारा आयोजित सुनुवाइमा सिनेटर एलिजाबेथ वारेनले भनिन्, “मैले निश्चित पूर्वानुमान गर्न त सक्दिन तर यो निकै अत्याउने ढङ्ले बढिरहेको छ, त्यो निश्चित हो।”

डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेद्वार जो बाइडले कोरोनाभाइरस महामारीसँग जुध्न सरकारले चालेका कदमको चर्को आलोचना गरेका छन्। उनले त्यसको निम्ति राष्ट्रपति डोनल्ड ट्रम्पलाई निशाना बनाए।

आफ्नो गृहक्षेत्रमा बोल्दै उनले ट्रम्पलाई विज्ञान अस्वीकार गर्ने व्यक्तिको संज्ञा दिए। र, राष्ट्रपतिकै कारण नागरिकले भयानक बलिदान दिन नसक्ने बताए।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ११ : ०२ बजे

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुव्र्यवहारकोको कथा

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर– जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको

एमाले अध्यक्ष ओली आज झापाको कमल गाउँपालिकाका कार्यक्रममा केन्द्रित हुने  

दमक– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा

म्याग्दीको हिस्तानमा वडा कार्यालय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालय भवन निर्माण सुरु

बागलुङको जैमिनी क्षेत्रका मतदाताले बाँदर नियन्त्रणको खाका ल्याउनेलाई मत दिने

बागलुङ– बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव