युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ « Khabarhub

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट र ठगी मुद्दामा सजाय तोकिएर फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।

सीआईबीका अनुसार राजश्व चुहावट मुद्दामा उच्च अदालत पाटनको २०८१ वैशाख १७ गतेको फैसलाले ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय तोकिएका सर्लाही ब्रह्मपुरी नगरपालिका–२ स्थायी घर भई काठमाडौंको कुलेश्वर बस्दै आएका ३१ वर्षीय प्रविण कुमार महतोलाई पक्राउ गरिएको हो।

उनलाई चैत २७ गते कुलेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।

यस्तै, ठगी मुद्दामा उच्च अदालत पाटनको २०८२ वैशाख २ गतेको फैसलाले २५ हजार रुपैयाँ जरिवाना र २ वर्ष ६ महिना कैद सजाय तोकिएका बाग्लुङ घर भई काठमाडौंको सामाखुसी बस्दै आएका ५२ वर्षीय महेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ।

युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालकसमेत रहेका केसीलाई चैत २७ गते सामाखुसीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : ०८ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी