चीनको साढे ३ खर्ब मूल्यको ८३ टन सुन नक्कली ! « Khabarhub

चीनको साढे ३ खर्ब मूल्यको ८३ टन सुन नक्कली !


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको कूल सुन भण्डारणको करिब ४ प्रतिशत अर्थात ८३ टन सुन नक्कली भएको खुलासा भएको छ ।

वुहानमा मुख्यालय रहेको चीनको ठूलो ज्वेलरी कम्पनीले यो घोटाला गरेको पाइएको छ । बुल्गारियामा मुख्यालय रहेको आर्थिक वेबसाइट जीरो हेजका अनुसार चीनको किंगोल्ड नामको कम्पनीले यति ठूलो घोटाला गरेको हो । यो घोटाला विगत ५ वर्षमा गरिएको हो ।

रिपोर्टअनुसार किंगोल्डले विगत ५ वर्षको अवधिमा चीनका १४ फाइनान्सियल कम्पनी (श्याडो बैंक)बाट २.८ बिलियन डलर (३ खर्ब ३७ अर्ब ९० करोड नेपाली रुपैयाँ) ऋण लिएको थियो । यो ऋण लिनको लागि कम्पनीले ८३ टन गोल्ड बार (सुनका बिस्कुट) धितोको रुपमा राखेको थियो ।

धितोको रुपमा राखिएको यो सुन नक्कली भएको पाइएको छ । ती गोल्डबार सुनका नभइ तामाका थिए र सुनको जलप लगाइएको थियो । यसलाई चीनको सबैभन्दा ठूलो सुनको घोटाला मानिएको छ ।

किंगोल्ड ज्वेलरी कम्पनी न्यूयोर्कको नेस्डेक स्टक एक्सचेन्जमा सूचीकृत छ । यो सुनको कारोबार गर्ने विश्वकै सबैभन्दा ठूलो निजी कम्पनी हो । यसको मार्केट क्याप १० मिलियन डलर छ । कम्पनीका मालिक पूर्व सैन्य अफिसर जिया झिहोंग हुन् ।

रिपोर्टका अनुसार किंगोल्डले १६ बिलियन युआन ऋणको लागि सुरक्षा र बीमा प्रयोजनका लागि ८३ टन गोल्ड बार जमानतको रुपमा बैंकको रिजर्भमा राखेको थियो । ती गोल्डबार सुनको जलप लगाइएका तामा भएको पाइएको छ ।

अब यो ऋण कम्पनीको ३० बिलियन युआनको सम्पत्तिबाट असुलिनेछ । असुलीको काम चीनको बीमा कम्पनी पीआइसीसी प्रोपर्टी एण्ड क्याजुअल्टी कोअपरेटिभ लिमिटेडले गर्नेछ । साथमा अन्य साना बिमा कम्पनी पनि यो काममा लाग्नेछन् ।

यो घोटालाको खुलासा गएको फेब्रुअरीमा भएको थियो जतिबेला किंगोल्डले डोंगगुआन ट्रस्ट कोअपरेटिभ लिमिटेडलाई तिर्नुपर्ने ऋण तिरेन । किंगोल्डले ऋण नतिरेपछि डोंगगुआन ट्रस्टले किंगोल्डले जमानतको रुपमा राखेको गोल्ड बार निकाल्यो । जाँचमा त्यो सुन नभइ तामा भएको खुलासा भयो ।

यो खुलासासँगै किंगोल्डलाई ऋण दिएका अन्य वित्तिय कम्पनीहरुमा हल्लाखल्ला भयो । यही क्रममा किंगोल्डलाई सबैभन्दा धेरै ऋण दिएको वित्तिय कम्पनी चाइना मिनशेंग ट्रस्ट अदालत पुग्यो र उसले अदालतबाट किंगोल्डले जमानतको रुपमा राखेका गोल्डबारको जाँच गराउने आदेश पास गरायो ।

जाँचपछि २२ मेमा मिनशेंगको रिजर्भमा जमानतको रुपमा राखिएका गोल्डबार पनि तामाका भएको खुलासा भयो ।

किंगोल्डका मालिक जिया झिहोंगले भने घोटालाको आरोप अस्वीकार गरेका छन् । उनले आफ्नो कम्पनीले कहीँ पनि नक्कली गोल्डबार जमानतमा नराखेको दावी गरेका छन् । उनले आफ्नो कम्पनीले कहीँ पनि नक्कली गोल्डबार आफूसँग पनि नराखेको दावी गरेका छन् ।

किंगोल्ड कम्पनी २००२ मा स्थापना भएको हो । त्यतिबेला यो सुनको फ्याक्ट्रीको रुपमा स्थापना भएको थियो । यो फ्याक्ट्रीले पिपुल्स बैंक अफ चाइनाबाट अनुमति पाएको थियो । पछि यो कम्पनी न्यूयोर्कको नेस्डेक स्टक एक्सचेन्जमा सूचीकृत भयो । तर, अब घोटालाको खुलासापछि यो कम्पनीको नाम खराब भएको छ ।

पूरै विश्वमा सबैभन्दा ठूलो गोल्ड रिजर्भ अमेरिकासँग छ । अमेरिकासँग ८ हजार १३४ टन सुन छ । दोस्रो स्थानमा जर्मनीसँग ३ हजार ३६४ टन र तेस्रो स्थानको इटलीसँग २ हजार ४५२ टन सुन छ । १९४८.३० टन सुन भएको चीन छैटौं स्थानमा छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  २ : ११ बजे

पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माण : किसानलाई राहत

भोजपुर– पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मामा पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणले स्थानीय किसानलाई राहत

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका