चीनको साढे ३ खर्ब मूल्यको ८३ टन सुन नक्कली ! « Khabarhub

चीनको साढे ३ खर्ब मूल्यको ८३ टन सुन नक्कली !


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको कूल सुन भण्डारणको करिब ४ प्रतिशत अर्थात ८३ टन सुन नक्कली भएको खुलासा भएको छ ।

वुहानमा मुख्यालय रहेको चीनको ठूलो ज्वेलरी कम्पनीले यो घोटाला गरेको पाइएको छ । बुल्गारियामा मुख्यालय रहेको आर्थिक वेबसाइट जीरो हेजका अनुसार चीनको किंगोल्ड नामको कम्पनीले यति ठूलो घोटाला गरेको हो । यो घोटाला विगत ५ वर्षमा गरिएको हो ।

रिपोर्टअनुसार किंगोल्डले विगत ५ वर्षको अवधिमा चीनका १४ फाइनान्सियल कम्पनी (श्याडो बैंक)बाट २.८ बिलियन डलर (३ खर्ब ३७ अर्ब ९० करोड नेपाली रुपैयाँ) ऋण लिएको थियो । यो ऋण लिनको लागि कम्पनीले ८३ टन गोल्ड बार (सुनका बिस्कुट) धितोको रुपमा राखेको थियो ।

धितोको रुपमा राखिएको यो सुन नक्कली भएको पाइएको छ । ती गोल्डबार सुनका नभइ तामाका थिए र सुनको जलप लगाइएको थियो । यसलाई चीनको सबैभन्दा ठूलो सुनको घोटाला मानिएको छ ।

किंगोल्ड ज्वेलरी कम्पनी न्यूयोर्कको नेस्डेक स्टक एक्सचेन्जमा सूचीकृत छ । यो सुनको कारोबार गर्ने विश्वकै सबैभन्दा ठूलो निजी कम्पनी हो । यसको मार्केट क्याप १० मिलियन डलर छ । कम्पनीका मालिक पूर्व सैन्य अफिसर जिया झिहोंग हुन् ।

रिपोर्टका अनुसार किंगोल्डले १६ बिलियन युआन ऋणको लागि सुरक्षा र बीमा प्रयोजनका लागि ८३ टन गोल्ड बार जमानतको रुपमा बैंकको रिजर्भमा राखेको थियो । ती गोल्डबार सुनको जलप लगाइएका तामा भएको पाइएको छ ।

अब यो ऋण कम्पनीको ३० बिलियन युआनको सम्पत्तिबाट असुलिनेछ । असुलीको काम चीनको बीमा कम्पनी पीआइसीसी प्रोपर्टी एण्ड क्याजुअल्टी कोअपरेटिभ लिमिटेडले गर्नेछ । साथमा अन्य साना बिमा कम्पनी पनि यो काममा लाग्नेछन् ।

यो घोटालाको खुलासा गएको फेब्रुअरीमा भएको थियो जतिबेला किंगोल्डले डोंगगुआन ट्रस्ट कोअपरेटिभ लिमिटेडलाई तिर्नुपर्ने ऋण तिरेन । किंगोल्डले ऋण नतिरेपछि डोंगगुआन ट्रस्टले किंगोल्डले जमानतको रुपमा राखेको गोल्ड बार निकाल्यो । जाँचमा त्यो सुन नभइ तामा भएको खुलासा भयो ।

यो खुलासासँगै किंगोल्डलाई ऋण दिएका अन्य वित्तिय कम्पनीहरुमा हल्लाखल्ला भयो । यही क्रममा किंगोल्डलाई सबैभन्दा धेरै ऋण दिएको वित्तिय कम्पनी चाइना मिनशेंग ट्रस्ट अदालत पुग्यो र उसले अदालतबाट किंगोल्डले जमानतको रुपमा राखेका गोल्डबारको जाँच गराउने आदेश पास गरायो ।

जाँचपछि २२ मेमा मिनशेंगको रिजर्भमा जमानतको रुपमा राखिएका गोल्डबार पनि तामाका भएको खुलासा भयो ।

किंगोल्डका मालिक जिया झिहोंगले भने घोटालाको आरोप अस्वीकार गरेका छन् । उनले आफ्नो कम्पनीले कहीँ पनि नक्कली गोल्डबार जमानतमा नराखेको दावी गरेका छन् । उनले आफ्नो कम्पनीले कहीँ पनि नक्कली गोल्डबार आफूसँग पनि नराखेको दावी गरेका छन् ।

किंगोल्ड कम्पनी २००२ मा स्थापना भएको हो । त्यतिबेला यो सुनको फ्याक्ट्रीको रुपमा स्थापना भएको थियो । यो फ्याक्ट्रीले पिपुल्स बैंक अफ चाइनाबाट अनुमति पाएको थियो । पछि यो कम्पनी न्यूयोर्कको नेस्डेक स्टक एक्सचेन्जमा सूचीकृत भयो । तर, अब घोटालाको खुलासापछि यो कम्पनीको नाम खराब भएको छ ।

पूरै विश्वमा सबैभन्दा ठूलो गोल्ड रिजर्भ अमेरिकासँग छ । अमेरिकासँग ८ हजार १३४ टन सुन छ । दोस्रो स्थानमा जर्मनीसँग ३ हजार ३६४ टन र तेस्रो स्थानको इटलीसँग २ हजार ४५२ टन सुन छ । १९४८.३० टन सुन भएको चीन छैटौं स्थानमा छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  २ : ११ बजे

काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौं– थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा

महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी

गगनको संकल्प : मन्त्रिपरिषद्का निर्णय अख्तियारको छानबिन दायरामा ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि

प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय

जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य