गाउँबाट विस्थापित नगरवासीलाई गाउँ फर्काउने योजना « Khabarhub

गाउँबाट विस्थापित नगरवासीलाई गाउँ फर्काउने योजना


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- गाउँमा सेवा सुविधा नभएको भन्दै धेरैले गाउँ छाडेर शहरमा बसाइँ सरे । कतिपयले रोजगारीका लागि त कतिले शिक्षा र स्वास्थ्यका लागि । तर, कोभिड–१९ को सङ्क्रमण बढेपछि शहर झरेका अधिकांश सर्वसाधारण गाउँ फर्किए ।

सुखमा शहर र दुःखमा गाउँ सम्झिनेको कमी रहेन । गाउँ फर्किएका अधिकांश सर्वसाधारण यतिबेला खेती किसानमा आवद्ध छन् ।

गाउँका बाँझो जमिन यतिबेला बाँझो देखिदैन । बाँझो जग्गाको सदुपयोग गर्दै अधिकांशले खेतीपाती शुरु गरेका छन् । असार लागेपछि धान रोप्न महिलाको मात्रै भीड देखिने यहाँका खेतबारीमा अहिले प्रशस्तै पुरुष पनि छन् ।

यसैलाई मध्यनजर गर्दै ब्यास नगरपालिकाले गाउँ फर्किएका नगरवासीलाई गाउँमै टिकाउने गरी गाउँ विकास कार्यक्रम ल्याउने तयारी गरेको छ ।

जीविकोपार्जन र रोजगारीको अवसर वृद्धि गर्दै गाउँ फर्किएका नगरवासीलाई गाउँमै टिकाउने योजना ल्याउन लागिएको ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गाउँमै रोजगारीको अवसरमा सिर्जना गर्न जल, कृषि, शैक्षिक, धार्मिक, खेल, ग्रामीण पर्यटन, सांस्कृतिक एवं प्राकृतिक पर्यटन व्यवसायको विविधिकरण र विस्तारमा जोड दिइने नगरप्रमुख न्यौपानेले बताए ।

कृषि गर्न चाहनेलाई अनुदानको व्यवस्था गरी कृषिमै टिकाउन अन्य सुविधा पनि ल्याउने तयारी गरिएको उनले बताए । खाली जमिनलाई खेर जान नदिन र कृषियोग्य भूमिको पूर्ण उपयोग गरी कृषि उत्पादन गर्ने नीति कार्यान्वयन गरिने भन्दै उनले भने, “जैविक खेती प्रणालीमा जोड दिई रासायनिक मल, उन्नत बीउको आपूर्ति तथा वितरण र सिँचाइको प्रबन्ध मिलाइनेछ ।”

नगरप्रमुख न्यौपानेका अनुसार कृषि तथा कृषिजन्य उद्यम व्यवसायलाई रोजगारीको मुख्य क्षेत्रको रुपमा विकास गर्दै कृषि उत्पादन सङ्कलन गर्न हरेक वडामा एक सङ्कलन केन्द्र निर्माण गरिनेछ ।

कृषकले उत्पादन गरेका कृषि उपज सामग्री बजारीकरणका लागि कृषि एम्बुलेन्स र कृषि परामर्शका लागि दक्षजनशक्तिको व्यवस्थापनमा निजी क्षेत्र र सहकारी क्षेत्रसँग सहकार्य गरिने नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

कृषि व्यवसाय गर्ने किसानलाई बीउबिजनमा दिइँदै आएको र पशुपक्षीपालन उत्पादनमा अनुदान उपलब्ध गराउने नीति नगरपालिकाको छ । व्यावसायिक बाख्रापालन, माछापालन, स्थानीय जातका गाईभैँसी, बङ्गुर तथा कुखुरापालन कार्यमा सहयोग पुर्‍याई पशुपक्षी बजार प्रवद्र्धन गर्ने कार्य अगाडि बढाउने तयारी गरिएको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

नगरपालिकाले युवाहरुमा उद्यमशीलता विकास गर्न विभिन्न पेशा व्यवसाय गर्ने इच्छुक युवाहरुलाई स्वरोजगारमूलक तालीम, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई आवश्यक परामर्श सेवा एवं उद्यमशील कार्यमा सहयोग पुर्‍याउने भएको छ ।

नगरप्रमुख न्यौपानेका अनुसार नगरपालिकाले ग्रामीण भेगमा रहेको विद्यालयलाई गुणस्तरीय बनाउँदै शिक्षाका लागि शहर बजार आउन नपर्ने नीति बनाउन लागेको छ ।

“नगरपालिकालाई शैक्षिक हब निर्माण गर्दै नगरपालिकाभित्र रहेका सबै क्याम्पस र विद्यालयको शिक्षा गुणस्तरीय र विश्वसनीय बनाउने नीति अवलम्बन गरिएको छ,” उनले भने ।

कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्र समेतका विद्यालयलाई सङ्घीय सरकारको सहभागितामा दिवा खाजाको प्रबन्ध मिलाइने बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  २ : ४० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको