बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता « Khabarhub

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना सबै बी–१ बमवर्षक विमान फिर्ता गरेको छ।

बेलायती हवाई अड्डामाथि सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंकामा छ जना संदिग्ध पक्राउ परेपछि अमेरिकाले त्यहाँ तैनाथ विमान फिर्ता गर्ने निर्णय गरेको हो।

अमेरिकी अधिकारीहरूका अनुसार बेलायतमा करिब एक दर्जन बी–१ विमान तैनाथ थिए। अमेरिकी रक्षा मन्त्रालयले ती सबै विमान अमेरिकास्थित आफ्ना सैन्य अड्डामा फर्किसकेको पुष्टि गरेको छ।

अमेरिकी र बेलायती अधिकारीहरूले सम्भावित आक्रमणको प्रयासलाई समयमै विफल पारिएको बताएका छन्। घटनापछि अमेरिकी पक्षले बेलायती सैन्य हवाई अड्डाको सुरक्षा व्यवस्थाको पुनर्मूल्याङ्कन गरेको थियो।

अमेरिकी रक्षा मन्त्रालयले सैन्य सुरक्षाका कारण विमानको आवतजावतसम्बन्धी विवरण वास्तविक समयमा सार्वजनिक नगरिएको जनाएको छ। सबै विमान सुरक्षित रूपमा अमेरिका फर्किएपछि मात्रै तैनाथी र फिर्ताबारे औपचारिक जानकारी दिइएको हो।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : १६ बजे

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि