आईजीपीका दुई प्रत्यासीबीच छैन विवाद, प्रचारबाजी नगर्ने नीति ! | Khabarhub Khabarhub

आईजीपीका दुई प्रत्यासीबीच छैन विवाद, प्रचारबाजी नगर्ने नीति !


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार बिहान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको प्रमुख आतिथ्यमा महानगरीय प्रहरी परिसर ललितपुरको भवन उद्घाटन समारोह कार्यक्रम चलिरहेको थियो ।

जुन कार्यक्रममा प्रहरी महानिरीक्षकसँगै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)हरू विशेष अतिथि, त्यस्तै प्रहरी नायव महानिरीक्ष (डीआईजी)हरू र बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूलाई अतिथिको रुपमा बोलाइएको थियो ।

कार्यक्रममा भावी आइजीपिका प्रतिस्पर्धी एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल एउटै गाडीमा पुगेका थिए । यतिमात्र होइन कार्यक्रम अवधिभर उनीहरू एउटै सोफामा बसेर एकआपसमा खुशीसाथ कुराकानी गरिरहे ।

अहिलेका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अनिवार्य अवकास सँगै आगामी असार २५ गते एआईजी शैलेश थापा र हरि पालमध्ये एकजना प्रहरी महानिरीक्षक नियुक्त हुनेछन् ।

प्रहरी अधिकारीहरूका अनुसार, अहिले थापा र पाल दुबैबीच विगतका प्रतिस्पर्धी जस्तो अस्वथ्य लडाइँ देखिएको छैन । दुवैले एक–अर्कालाई स्वीकार्ने अवस्था छ।

विगतका दिनमा प्रहरीको नेतृत्व सम्हाल्न एकअर्काबीच कडा प्रतिस्पर्धा हुने गरेको थियो । आफ्नो–आफ्नो गुट बनाएर ठूलै प्रचारबाजी हुने गरेको थियो । तर अहिले त्यस्तो देखिएको छैन ।

नयाँ आइजीपीका दाबेदार शैलेश थापा क्षेत्रीले खबरहबसँग कुरा गर्दै एकअर्कामा जो नेतृत्वमा आए पनि सहज रुपमा स्वीकार्ने बताएका छन्।

उनले भने, ‘प्रहरी महानिरीक्षक नियुक्तीको काम सरकारको सरकारले जसलाई नियुक्ति गर्छ । हामी सहज रुपमा स्वीकार्छौं र आपसमा मिलेर काम गर्छौं।’

थापा र पाल दुवैजना २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । अहिले थापाले नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग र पालले कार्य एवं अपराध अनुसन्धान विभाग सम्हालेका छन् । प्रहरीको अहिलेसम्मको रेकर्डमा थापा र पाल दुबैजना ठूलो विवादमा तानिएका छैनन् ।

यो पनि पढ्नुहोस्

को बन्ला नयाँ प्रहरी महानिरीक्षक !

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  २ : ५३ बजे

स्वास्थ्य बीमा : अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा

निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

काठमाडौं– जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्‍याएबापत जलस्रोत तथा

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल : तीन महिनादेखि उडान ठप्प

इलाम– इलामको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल

रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र आकर्षक

ललितपुर– विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै

प्रचण्डको गुनासो- राम्रो काम गर्दागर्दै सरकारबाट हटाइदिए 

लम्जुङ– पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को