आईजीपीका दुई प्रत्यासीबीच छैन विवाद, प्रचारबाजी नगर्ने नीति ! « Khabarhub

आईजीपीका दुई प्रत्यासीबीच छैन विवाद, प्रचारबाजी नगर्ने नीति !


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार बिहान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको प्रमुख आतिथ्यमा महानगरीय प्रहरी परिसर ललितपुरको भवन उद्घाटन समारोह कार्यक्रम चलिरहेको थियो ।

जुन कार्यक्रममा प्रहरी महानिरीक्षकसँगै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)हरू विशेष अतिथि, त्यस्तै प्रहरी नायव महानिरीक्ष (डीआईजी)हरू र बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूलाई अतिथिको रुपमा बोलाइएको थियो ।

कार्यक्रममा भावी आइजीपिका प्रतिस्पर्धी एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल एउटै गाडीमा पुगेका थिए । यतिमात्र होइन कार्यक्रम अवधिभर उनीहरू एउटै सोफामा बसेर एकआपसमा खुशीसाथ कुराकानी गरिरहे ।

अहिलेका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अनिवार्य अवकास सँगै आगामी असार २५ गते एआईजी शैलेश थापा र हरि पालमध्ये एकजना प्रहरी महानिरीक्षक नियुक्त हुनेछन् ।

प्रहरी अधिकारीहरूका अनुसार, अहिले थापा र पाल दुबैबीच विगतका प्रतिस्पर्धी जस्तो अस्वथ्य लडाइँ देखिएको छैन । दुवैले एक–अर्कालाई स्वीकार्ने अवस्था छ।

विगतका दिनमा प्रहरीको नेतृत्व सम्हाल्न एकअर्काबीच कडा प्रतिस्पर्धा हुने गरेको थियो । आफ्नो–आफ्नो गुट बनाएर ठूलै प्रचारबाजी हुने गरेको थियो । तर अहिले त्यस्तो देखिएको छैन ।

नयाँ आइजीपीका दाबेदार शैलेश थापा क्षेत्रीले खबरहबसँग कुरा गर्दै एकअर्कामा जो नेतृत्वमा आए पनि सहज रुपमा स्वीकार्ने बताएका छन्।

उनले भने, ‘प्रहरी महानिरीक्षक नियुक्तीको काम सरकारको सरकारले जसलाई नियुक्ति गर्छ । हामी सहज रुपमा स्वीकार्छौं र आपसमा मिलेर काम गर्छौं।’

थापा र पाल दुवैजना २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । अहिले थापाले नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग र पालले कार्य एवं अपराध अनुसन्धान विभाग सम्हालेका छन् । प्रहरीको अहिलेसम्मको रेकर्डमा थापा र पाल दुबैजना ठूलो विवादमा तानिएका छैनन् ।

यो पनि पढ्नुहोस्

को बन्ला नयाँ प्रहरी महानिरीक्षक !

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  २ : ५३ बजे

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो