बिहीबार कांग्रेस कार्यालय बन्द, पार्टीको झण्डा आधा झुकाइने « Khabarhub

बिहीबार कांग्रेस कार्यालय बन्द, पार्टीको झण्डा आधा झुकाइने


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालप्रति सम्मान प्रकट गर्दै बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार भएको पार्टी केन्द्रीय समितिको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालमा शोक प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको हो ।

पार्टीले बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्नाका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने तथा कुनै पनि औपचारिक कार्यक्रम नहुने बताएको छ ।

बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा असामयिक निधन भएकामा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

उनको निधनबाट पार्टीले एक निष्ठावान् एवं कुशल महिला नेत्रीलाई गुमाएको र त्यसबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउँदै सभापति देउवाले पार्टी र आफ्नातर्फबाट श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसैबीच कांग्रेस संसदीय दलले प्रतिनिधिसभा सदस्य एवं पार्टीकी नेत्री ज्ञानकुमारी छन्त्यालको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको बुधबार बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार शोक विज्ञप्तिमार्फत उनको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ५ : २३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल