विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी « Khabarhub

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको शेरबहादुर देउवा पक्षले दाबी गरेको छ ।

शुक्रबार निर्वाचन आयोग पुगेर देउवा पक्षका नेता पूर्णबहादुर खड्का र शेखर कोइरालाले सो बताएका हुन् ।

‘ती हस्ताक्षरकर्ता मध्ये, सहभागी मध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षर सहित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर कर्णालीका सबै हस्ताक्षरकर्ताहरूले भेलाभन्दा पहिलेको र भेलाभन्दा पछिको मुख्यसचिवको हस्ताक्षरसहित हामी बुझाउन चाहन्छौँ’, नेता खड्काले भने ।

५४ प्रतिशत बढी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले आह्वान गरेर पुसको २७ देखि ३० सम्म सम्पन्न भएको विशेष महाधिवेशनले निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको अद्यावधिकको लागि बिहीबार निवेदन दिएपछि शुक्रबार देउवा पक्षका केन्द्रीय समितिका सदस्यहरू धर्ना दिन गएका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : १२ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम