विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी « Khabarhub

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको शेरबहादुर देउवा पक्षले दाबी गरेको छ ।

शुक्रबार निर्वाचन आयोग पुगेर देउवा पक्षका नेता पूर्णबहादुर खड्का र शेखर कोइरालाले सो बताएका हुन् ।

‘ती हस्ताक्षरकर्ता मध्ये, सहभागी मध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षर सहित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर कर्णालीका सबै हस्ताक्षरकर्ताहरूले भेलाभन्दा पहिलेको र भेलाभन्दा पछिको मुख्यसचिवको हस्ताक्षरसहित हामी बुझाउन चाहन्छौँ’, नेता खड्काले भने ।

५४ प्रतिशत बढी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले आह्वान गरेर पुसको २७ देखि ३० सम्म सम्पन्न भएको विशेष महाधिवेशनले निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको अद्यावधिकको लागि बिहीबार निवेदन दिएपछि शुक्रबार देउवा पक्षका केन्द्रीय समितिका सदस्यहरू धर्ना दिन गएका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : १२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित