सरकार विरोधी प्रदर्शनमा उत्रिएका १२ जना बालुवाटारबाट पक्राउ « Khabarhub

सरकार विरोधी प्रदर्शनमा उत्रिएका १२ जना बालुवाटारबाट पक्राउ


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै बालुवाटारमा प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो प्रदर्शनमा उत्रिएका ‘इनफ इज इनफ’का अभियन्ता १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्‍त्री निवास बालुवाटारमा शान्तिपूर्ण आन्दोलनमा सहभागी १२ जनालाई प्रहरीले धरपकड गरी नियन्‍त्रणमा लिएको उनीहरुले बताएका छन् । निषेधित क्षेत्र प्रवेश गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ललितपुरको पाटनमा ६ दिनदेखि अनशनरत युवाहरुको समर्थनमा उनीहरुले बालुवाटारमा प्रदर्शनमा निकालेका हुन् ।

क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, क्रारेन्टिनमा महिलाको सुरक्षा हुनुपर्ने लगायतका मागसहित उनीहरु आन्दोलित भएका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : २८ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको