सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त « Khabarhub

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ ।

सैनिक अदालतले आचरण विपरीत गतिविधि गरेको कसुरमा सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई बर्खास्त गरिएको पुष्टि गरे ।

उनले भने, ‘दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको,  सैनिक अनुशासन उल्लंघन गरेको लगायतका आचरण विपरित कसुरमा जनरल सैनिक समरी अदालतले दोषी ठहर गरेको छ ।’

बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका थिए । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : ५९ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई