नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) फागुनमा हुने « Khabarhub

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) फागुनमा हुने


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण फागुनमा हुने भएको छ । आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले २०२१ फेब्रुअरी २४ देखि २८ (फागुन १२ देखि १६) सम्म फेस्टिभल हुने जानकारी दिएको हो ।

फेस्टिभलमा सहभागिता जनाउन चाहने फिल्ममेकरले यही २०२० जुलाइ १ देखि नोभेम्बर ३० सम्म सहभागिताका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

‘विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई समावेश गर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् ।’

अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड, प्रदान गरिने आयोजकले जनाएको छ ।

यसै गरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान यथावत रुपमा प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख , उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार  र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छांयाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने जनाइएको छ ।

फेस्टिभलमा सहभागिता जनाउनका लागि फिल्मकर्मीहरुले फिल्मफ्रीवेडटकम मार्फत फिल्म पठाउन आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत लघु र डकुमेन्ट्री फिल्मले १५ अमेरिकी डलर र फिचर फिल्मले २० डलर आवेदन शुल्क बुझाउनपर्ने, यस्तै महामारीका विषयमा बनेका फिल्मले १० डलर तिरेर सहभागिता जनाउन सक्ने आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत आवेदन दिन भने शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : २४ बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य