नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) फागुनमा हुने « Khabarhub

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) फागुनमा हुने


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण फागुनमा हुने भएको छ । आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले २०२१ फेब्रुअरी २४ देखि २८ (फागुन १२ देखि १६) सम्म फेस्टिभल हुने जानकारी दिएको हो ।

फेस्टिभलमा सहभागिता जनाउन चाहने फिल्ममेकरले यही २०२० जुलाइ १ देखि नोभेम्बर ३० सम्म सहभागिताका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

‘विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई समावेश गर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् ।’

अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड, प्रदान गरिने आयोजकले जनाएको छ ।

यसै गरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान यथावत रुपमा प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख , उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार  र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छांयाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने जनाइएको छ ।

फेस्टिभलमा सहभागिता जनाउनका लागि फिल्मकर्मीहरुले फिल्मफ्रीवेडटकम मार्फत फिल्म पठाउन आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत लघु र डकुमेन्ट्री फिल्मले १५ अमेरिकी डलर र फिचर फिल्मले २० डलर आवेदन शुल्क बुझाउनपर्ने, यस्तै महामारीका विषयमा बनेका फिल्मले १० डलर तिरेर सहभागिता जनाउन सक्ने आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत आवेदन दिन भने शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : २४ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता