कर्णाली प्रदेशमा पनि पुग्यो सलह « Khabarhub

कर्णाली प्रदेशमा पनि पुग्यो सलह


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शनिबार नेपाल प्रवेश गरेको सलह किरा कर्णाली प्रदेशका जिल्लामा समेत देखिएको छ ।

सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो झुण्ड देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ ।

नार्कका सूचना अधिकारी केशवराज पोखरेलले दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको बताए ।

“दशरथपुरमा सानो समूह देखिए पनि कर्णालीमा सलहको बथानै आइसकेको हुनसक्छ,” उनले भने, “अब सलह नियन्त्रणका लागि किसानले सजगता अपनाउने समय आइसक्यो ।”

सुर्खेतमा सलह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाउने तयारीमा जुटेको छ । सलहलाई धपाउने उपायको खोजी गर्दै १० वटै जिल्लास्थित कृषि विकास कार्यालय र कृषिसँग सम्बन्धित गैरसरकारी सङ्घसंस्थालाई निगरानी राख्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले सलह नियन्त्रणमा कुनै बेग्लै योजना नबनाए पनि यसलाई धपाउन वा नियन्त्रण गर्न कृषिसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग समन्वय भइरहेको जनाएको छ ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डितले सलहले खेतीबालीमा ठूलो क्षति पु¥याउन सक्ने हुँदा धानको बीउ छोप्न, ठूलो आवाज आउने गरी ड्रम बजाउन सकिने बताए ।

“कर्णालीको सन्दर्भमा विषादी छर्कन सम्भव छैन्,” उनले भने, “सबैभन्दा उत्तम विकल्प नै ड्रम, थाली बजाउनु नै हो ।” ठूलो आवाज निकाल्दा सलहको बथान भाग्न सक्ने विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १० : १७ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि