पेट्रोल बेच्न नमान्नेलाई सर्पको प्रहार ! « Khabarhub

पेट्रोल बेच्न नमान्नेलाई सर्पको प्रहार !


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहि मानिसले कुनै पनि सामग्री बेच्न इन्कार गर्याे भने के गर्नुहुन्छ ? केहि रिस त उठ्ला तर उसलाई हानी पुर्याउनुको सट्टा अर्काे पसलबाट सामान किन्न गइएला । तर के कोहि मानिसले सामान बेच्न इन्कार गर्याे भने उसको कोठामा सर्प छाडेर कोहि भाग्ला ? लकडाउनका बीचमा यस्तै एक अनौठो घटना भएको छ, भारतमा ।

भारतको महाराष्ट्र प्रदेशको बुलढाणामा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । बुलढाणाको एक पेट्रोल पम्पमा बोतलमा पेट्रोल लिन आएका दुइ युवकले पम्पका म्यानेजर र क्यासियरको कोठामा सर्प छाडेर भागेका छन् । सर्पलाई कोठामा देखनासाथ पेट्रोलपम्प भागदौड मच्चिएको थियो । पछि स्थानिय सपेरालाई बोलाएर सर्प नियन्त्रणमा लिइएको थियो ।

बुलढाणा मलकापुर सकडमा रहेको चौधरी पेट्रोल पम्पमा गत मंगलवार साझँ दुई युवक बोतलमा पेट्रोल लिन आए । तर भारत सरकारले तोकेको समयपछि पेट्रोल लिन आएको भन्दै पेट्रोल अस्विकार गरे ।

तब ती युवाले पेट्रोल नपाएको झोकमा पम्पका म्यानेजर र क्यासियरको कोठाको गोमन सर्प छाडेर भागे । सर्प छाडेर भागेको भिडियो पम्प सीसीटीभीमा रेकर्ड भएको छ ।

सर्प छाडेर भाग्ने दुबै युवा सपेरा भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिसको झोँकमा उनीहरुले आफुसित रहेको सर्प छाडेर भागेका थिए । पेट्रोल पम्प मालिक सारिका कैलास चौधरीले युवाविरुद्ध कारबाहिको माग गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : ४६ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’