हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना : मन्त्री ढकाल « Khabarhub

हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना : मन्त्री ढकाल


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्न हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको जनाएका छन् ।

बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएकाले त्यसको सुनिश्चिततामा शिशुको आमालाई अप्ठ्यारो पर्न नदिन सरकार सचेत रहेको मन्त्री ढकालले बताएका छन् ।

सन्देशमा सरकारले स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्न तथा सबै प्रकारका कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा धेरैजसो राष्ट्रिय विमानस्थलमा स्तनपान कक्षको स्थापना भएको मन्त्री ढकालले जारी गरेको सन्देशमा उल्लेख छ ।

अस्पतालमा स्तनपानलाई प्रवर्द्धन गर्न तथा बट्टाको दूधलाई निरुत्साहित गर्न मातृ, शिशुमैत्री अस्पतालका रुपमा विकास गर्ने अभियान पनि विस्तार भइरहेको पनि उनले उल्लेख गरेका छन् ।

‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने मूल नाराका साथ आजदेखि २३ गतेसम्म विश्व स्तनपान सप्ताह २०७७ मनाइँदैछ ।

स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष संसारभर अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइँदै आइएको छ । नेपालमा ९९ प्रतिशत आमाले कम्तीमा एक पटक आफ्ना शिशुलाई स्तनपान गराउने गरेका छन् ।

 

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : ५६ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको