चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर « Khabarhub

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको आयात–निर्यातमा प्रत्यक्ष असर परेको छ । रसुवागढी, तातोपानी र कोरला नाका बन्द हुँदा चीनसँगको आयात–निर्यातमा प्रत्यक्ष असर परेको हो ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण नेपाल–चीनको प्रमुख व्यापारिक नाका रसुवागढी पूर्ण रुपमा बन्द भएको थियो । 

त्यसको दुई दिनपछि, भदौ १२ गतेदेखि काठमाडौंसँग जोडिने नजिकको तातोपानी नाका पनि बन्द गरिएको जानकारी चीनले नेपाल सरकारलाई गराएको थियो ।

त्यसपछि असोज १२ गते कालीगण्डकी नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि कोरला नाकाबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनसमेत रोकिएका छन् । 

काठमाडौं उपत्यकाबाट करिब १ सय ४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको छ । 

दसैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा चीनबाट ल्याइने लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय तथा सजावटका सामग्रीको आयातमा समेत समस्या देखिएको व्यवसायीहरूले बताएका छन् ।

चीनसँगको सबै व्यापारिक नाका बन्द भएपछि तातोपानी नाका सञ्चालनका लागि सरकारले कूटनीतिक पहल अघि बढाएको छ । यही क्रममा परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा चिनियाँ दूतावासका प्रतिनिधिसहितको टोलीले अरनिको राजमार्गको स्थलगत अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले तातोपानीदेखि काठमाडौं जोड्ने अरनिको राजमार्गमा ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालन गर्न कुनै समस्या नरहेको बताए । 

अरनिको राजमार्गको बाह्रबिसेदेखि कोदारीसम्मका विभिन्न खण्डमा पहिरो व्यवस्थापनको काम भइरहेको छ । वर्षाका कारण कुनै स्थानमा सडक अवरुद्ध भए पनि तत्काल यातायात सञ्चालनमा ल्याउन आवश्यक मेसिन तथा स्रोतसाधन तयारी अवस्थामा राखिएको सडक डिभिजन चरिकोटले बताएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव खड्काको नेतृत्वमा भएको अनुगमनपछि तयार हुने प्रतिवेदनका आधारमा नेपाल सरकारले तातोपानी नाका सञ्चालनका लागि चीन सरकारसँग थप कूटनीतिक पहल गरेर दशै अघि नै तातोपानी नाका सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  २ : ०१ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,