बेलायतमा जारी लकडाउन अरू दुई साता लम्बिने « Khabarhub

बेलायतमा जारी लकडाउन अरू दुई साता लम्बिने


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलायतमा जारी लकडाउन कम्तीमा अरू दुई साता लम्बिने भएको छ ।

कोरोनाभाइरस सङ्क्रमण बढेको पाइएपछि अगस्ट १ तारिख अर्थात् आजदेखि खोल्ने भनिएका क्षेत्रहरू कम्तीमा दुई हप्तापछि सारिएको छ।

प्रधानमन्त्री बोरिस जोनसनले अहिले ‘साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको’ बताएका छन् भने क्यासिनो र बावलिङ खेलस्थलहरू बन्द नै रहने उल्लेख गरिएको छ ।

इङ्गल्यान्डका प्रमुख मेडिकल अफिशर प्राध्यापक क्रिश ह्वीटीले डाउनिङ स्ट्रीटमा प्रधानमन्त्री जोनसनलाई सबै क्षेत्र खुला गरे संक्रमण अझ भयावह अवस्थामा पुग्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क विभाग (ओएनस)ले शुक्रवार जारी गरेको तथ्याङ्क अनुसार बेलायतमा एक हप्ताअघि प्रतिदिन ३ हजार २०० जनामा सङ्क्रमण पुष्टि हुने गरेकोमा यो हप्ता प्रतिदिन करिब एक हजारले बढेर ४ हजार २०० जति पुगेको छ।

बेलायतमा अहिलेसम्म कोरोनाभाइरसले ४६ हजार ११९ जनाको मृत्यु भइसकेको छ भने ३ लाख १८१ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ११ : ५६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा