ट्याङ्करमा करेन्ट लाग्दा एकको मृत्यु « Khabarhub

ट्याङ्करमा करेन्ट लाग्दा एकको मृत्यु


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना४ख २६५१ नंको ट्याङ्करमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।

उनका अनुसार गएराति ८ बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याङ्करको छतमा उभिएर विद्युत्को तार पन्छाउने क्रममा थापामगरलाई करेन्ट लागेको थियो । मृतकको शवपरीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जको ट्याङ्कर पार्किङस्थल सञ्चालनमा नआउँदा सडकमै ट्याङ्कर राख्ने गरिएको छ ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोका प्रबन्धक नवविनोद पोखरेलले बन्दाबन्दीका कारण पार्किङ निर्माणमा ढिलाइ भएको बताए । नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १५० ट्याङ्कर रहेका छन् ।

कोरोना महामारीले सार्वजनिक सवारीसाधन सञ्चालन नभएका कारण पेट्रोलियम पदार्थ खपत कमी भएकाले अहिले धेरैजसो ट्याङ्कर पार्किङमा हुने हुँदा समस्या देखिएको प्रबन्धक पोखरेलले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १२ : ५६ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’