आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ? « Khabarhub

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशितामाथि कुनै पनि किसिमको कुचेष्टा नगर्न सरकारलाई खबरदारी गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक राईले सदनको अधिवेशन अन्त्य भएको मौका पारेर सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशितामाथि कुनै पनि किसिमको कुचेष्टा नगर्न सरकारलाई खबरदारी गरेका हुन् ।

उनले भ्रष्टाचारका दोषीहरूलाई समात्ने र छाड्ने कार्य भइरहेकोमा आपत्ति जनाउँदै यसलाई कस्तो किसिमको सुशासन भनी सरकारलाई प्रश्न गरे । 

राईले बिभिन्न हत्याकाण्ड, गिरीबन्धु टि–स्टेट, वाइडबडी काण्ड जस्ता ठूला भ्रष्टाचार र आपराधिक घटनाहरूको गम्भीरताका साथ छानबिन गर्न सुझाव दिए ।

भ्रष्टाचारका दोषीहरूलाई कारबाही गर्न दुई–तिहाइ बहुमत चाहिएमा श्रम संस्कृति पार्टी पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए ।

त्यस्तै उनले जेन-जी आन्दोलनमा सहभागी हुनेहरू संसद र मन्त्री हुने, तर अर्कातिर सोही आन्दोलनका अन्य सहभागीहरू जेल बस्नुपर्ने विरोधाभासपूर्ण अवस्थाप्रति प्रश्न उठाए । 

उनले जेन-जी आन्दोलनपछि मानव अधिकार आयोगको प्रतिवेदन, जेलमा रहेका युवा, घाइतेहरू र अरबौँ–खरबौँको सार्वजनिक सम्पत्तिको क्षतिबारे सरकारको धारणा प्रष्ट हुनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  २ : २१ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि