पूर्वमन्त्री विष्ट ‘रातकी रानी’सँग मस्त ! « Khabarhub

पूर्वमन्त्री विष्ट ‘रातकी रानी’सँग मस्त !



दाङ- रातकी रानीसँग मस्त भएका तत्कालिन नेकपा माओवादीका प्रभावशाली नेता एवम पूर्वपर्यटन मन्त्री लोकेन्द्र विष्ट दुई वर्षमै पुनः चर्चामा आएका छन् ।

दाङको बिजौरीमा २ वर्ष अघि सुरु गरेको ड्रागन फल (रातकी रानी) रोपेर आम्दानी बढाउन थालेपछि उनी चर्चामा आएका हुन् ।

रुकुममा जन्मिएर त्यही क्षेत्रलाई राजनीतिक थलो बनाएका उनी कृषि कर्मथलो दाङलाई बनाएर काम गरिरहेका छन् ।

दुई पटक मन्त्री भइसकेका विष्ट मगर पछिल्लो समय राजनीतिबाट टाढा हुँदै व्यावसायिक कृषि पेसामा लागेका हुन् ।

सशस्त्र द्वन्द्वकालदेखि शान्तिपूर्ण राजनीतिक यात्रामा समेत निकै चर्चामा आईरहने विष्ट मगरले राजनीतिका कुराभन्दा व्यावसायिक कृषि प्रणालीका कुरा गर्न रुचाउँछन् ।

पूर्वमन्त्री विष्टमगरले करिब १५ वर्षको लामो अनुसन्धानबाट यो खेतीको सुरु गरेको बताए ।

केहि वर्षदेखि विभिन्न स्थानहरुमा कालो धानको खेती गर्दै आएका उनले करिब २ वर्षदेखि तुल्सीपुर उपमहानगरपालिका १८ बिजौरी दाङमा ६६ कठ्ठा जमिन १५ वर्षको लागी भाडाँमा लिएर ड्रागन फल खेती सुरु गरेका छन् ।

यो विरुवा रोपेको करिब २ वर्ष भित्र फल्ने भएपनि २०७५ सालमा रोपेको ६ महिना मै फलेको उनले बताए । विरुवाहरु छिप्पिएको हुनाले रोपको ६ महिनामा फल्न शुरु गरेको उनले बताए ।

यो फल नेपाल भित्रिएको दुई दशक पुगेको छ । मानव शरीरमा रोगसँग लड्न सक्ने क्षमता बढाउने तत्व बढी पाइने भएकाले यसको लोकप्रियता बढ्दै गएको छ ।

विष्टको फर्ममा अहिले ६/७ हजार ड्रागनका बोट छन् । ती मध्ये अहिले ३ हजारमा उत्पादन सुरु भएको उनले बताए ।

फर्मबाट उत्पादन भएका फलले बजार नपाउला भन्ने चिन्ता नै नरहेको उनले बताए ।

अहिले दिनहुँ दर्जनौँ मानिसहरू ड्रागन फल किन्न आउने गरेको भन्दै उनले अब खेतीलाई अझै व्यवसायिक बनाउँदै अन्य किसानलाई पनि व्यावसायिक ड्रागन खेतीबारे प्रशिक्षण दिने चाहना रहेको बताए ।

रातकी रानी भनेर चिनिने ड्रागन फ्रुटले दाङमा मात्र होईन नेपालका अधिकांश जिल्लामा चर्चामा आएको छ ।

विभिन्न सञ्चार माध्याममा ड्रागन फलको बारेमा सुनेर विष्टको फार्ममा पुगेका बामदेव विष्ट पनि नयाँ फल चाखेको बताउँदै नेपालीलाई व्यावासयिक बनाउन ड्रागन फल सहयोगी हुनसक्ने पाएको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  २ : ०८ बजे

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर