पूर्वमन्त्री विष्ट ‘रातकी रानी’सँग मस्त ! « Khabarhub

पूर्वमन्त्री विष्ट ‘रातकी रानी’सँग मस्त !



दाङ- रातकी रानीसँग मस्त भएका तत्कालिन नेकपा माओवादीका प्रभावशाली नेता एवम पूर्वपर्यटन मन्त्री लोकेन्द्र विष्ट दुई वर्षमै पुनः चर्चामा आएका छन् ।

दाङको बिजौरीमा २ वर्ष अघि सुरु गरेको ड्रागन फल (रातकी रानी) रोपेर आम्दानी बढाउन थालेपछि उनी चर्चामा आएका हुन् ।

रुकुममा जन्मिएर त्यही क्षेत्रलाई राजनीतिक थलो बनाएका उनी कृषि कर्मथलो दाङलाई बनाएर काम गरिरहेका छन् ।

दुई पटक मन्त्री भइसकेका विष्ट मगर पछिल्लो समय राजनीतिबाट टाढा हुँदै व्यावसायिक कृषि पेसामा लागेका हुन् ।

सशस्त्र द्वन्द्वकालदेखि शान्तिपूर्ण राजनीतिक यात्रामा समेत निकै चर्चामा आईरहने विष्ट मगरले राजनीतिका कुराभन्दा व्यावसायिक कृषि प्रणालीका कुरा गर्न रुचाउँछन् ।

पूर्वमन्त्री विष्टमगरले करिब १५ वर्षको लामो अनुसन्धानबाट यो खेतीको सुरु गरेको बताए ।

केहि वर्षदेखि विभिन्न स्थानहरुमा कालो धानको खेती गर्दै आएका उनले करिब २ वर्षदेखि तुल्सीपुर उपमहानगरपालिका १८ बिजौरी दाङमा ६६ कठ्ठा जमिन १५ वर्षको लागी भाडाँमा लिएर ड्रागन फल खेती सुरु गरेका छन् ।

यो विरुवा रोपेको करिब २ वर्ष भित्र फल्ने भएपनि २०७५ सालमा रोपेको ६ महिना मै फलेको उनले बताए । विरुवाहरु छिप्पिएको हुनाले रोपको ६ महिनामा फल्न शुरु गरेको उनले बताए ।

यो फल नेपाल भित्रिएको दुई दशक पुगेको छ । मानव शरीरमा रोगसँग लड्न सक्ने क्षमता बढाउने तत्व बढी पाइने भएकाले यसको लोकप्रियता बढ्दै गएको छ ।

विष्टको फर्ममा अहिले ६/७ हजार ड्रागनका बोट छन् । ती मध्ये अहिले ३ हजारमा उत्पादन सुरु भएको उनले बताए ।

फर्मबाट उत्पादन भएका फलले बजार नपाउला भन्ने चिन्ता नै नरहेको उनले बताए ।

अहिले दिनहुँ दर्जनौँ मानिसहरू ड्रागन फल किन्न आउने गरेको भन्दै उनले अब खेतीलाई अझै व्यवसायिक बनाउँदै अन्य किसानलाई पनि व्यावसायिक ड्रागन खेतीबारे प्रशिक्षण दिने चाहना रहेको बताए ।

रातकी रानी भनेर चिनिने ड्रागन फ्रुटले दाङमा मात्र होईन नेपालका अधिकांश जिल्लामा चर्चामा आएको छ ।

विभिन्न सञ्चार माध्याममा ड्रागन फलको बारेमा सुनेर विष्टको फार्ममा पुगेका बामदेव विष्ट पनि नयाँ फल चाखेको बताउँदै नेपालीलाई व्यावासयिक बनाउन ड्रागन फल सहयोगी हुनसक्ने पाएको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  २ : ०८ बजे

हेल्प नेपाल क्वाटरफाइनलमा

काठमाडौं– साबिक विजेता हेल्प नेपाल नवौँ एनभीए महिला तथा पुरुष

मन्त्री खरेलद्वारा विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न

डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू

सोफिया– बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा– रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा