मकवानपुरका २१९ घरेलु उद्योग बन्द « Khabarhub

मकवानपुरका २१९ घरेलु उद्योग बन्द


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ ।

हाल मकवानपुरमा खारेज गरिएका बाहेक आठ हजार ७५६ वटा उद्योग सञ्चालनमा रहेको कार्यालयका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । साथै गत आर्थिक वर्षमा मात्रै एक हजार १४४ उद्योग नवीकरण भएका छन् ।

त्यस्तै २१३ वटा उद्योग फर्मको नामसारी भएको छ । अघिल्लो आवभन्दा गत आवमा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने सङ्ख्या घटेको छ ।

कार्यालय प्रमुख दाहालका अनुसार अघिल्लो आवमा एक हजार ९३१ उद्योग दर्ता भएका थिए भने गत आवमा उक्त सङ्ख्या घटेर एक हजार २६४ वटा मात्र दर्ता भएको बताइएको छ ।

कोरोना भाइरसका कारण यस वर्ष २०७६/७७ मा उद्योग दर्तामा कमी आएको अनुमान गरिएको छ । रु पाँच लाखभन्दा कम पूँजी लगानीका उद्योग स्थानीय पालिकामा दर्ता गर्नुपर्ने र कोरोना डरले नयाँ उद्योगी अन्योलमा परेपछि उद्योग दर्ता सङ्ख्या घटेको बताइएको छ ।

लकडाउनमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता तथा नवीकरणबाट राजस्व भने बढेको छ ।

प्राप्त विवरणअनुसार अघिल्लो आवमा रु एक करोड ७४ लाख ५८ हजार राजस्व सङ्कलन भएको थियो भने गत आवमा त्योभन्दा अत्यधिक रु दुई करोड २४ लाख ४८ हजार राजस्व सङ्कलन भएको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्षमा उद्योग कम दर्ता भए पनि राजस्व सङ्कलन बढी भएको थियो । गत वर्ष विशेष छुट दिइएको थिएन । अघिल्लो वर्षमा विशेष छुट दिइएको थियो । नवीकरण नगर्ने उद्योगलाई जरिवाना गरिएको थियो ।

गत वर्ष दर्तामध्ये ६४३ महिला र ९०८ पुरुष उद्योगी भएका छन् । उत्पादनमूलक उद्योगतर्फ ५०५ महिलाले र ३०० पुरुषले रोजगारी पाएको छ । कच्चा पदार्थको अभाव, उत्पादित सामान बिक्री नहुने कारण, थप पूँजीको अभाव, बैंकको ब्याज तिर्ने र घरभाडालगायत समस्याले उद्यमी समस्यामा परेको कर्राका काष्ट उद्योगी रामपुकार ठाकुरले गुनासो गरे ।

राष्ट्रिय तथ्याङ्क विभागले कारोना कारण २०७६ साल फागुनमा सञ्चालन गरेको औद्योगिक गणनासमेत स्थगित गरेको छ । सोअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले पनि औद्योगिक गणना स्थगित गरेको जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  २ : ५४ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर